काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे हैदराबादमा शुरू हुने छ ।
हैदराबाद ७ खेलमा ४ अंकसहित तालिकाको नवौं स्थानमा छ । मुम्बई ८ खेलमा ८ अंकसहित तालिकाको छैटौं स्थानमा छ ।
आईपीएलमा अहिलेसम्म यी दुई टोलीबीच कुल २४ खेल भएकोमा मुम्बईले १४ र हैदराबादले १० खेल जितेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया