श्रावण २०, २०८३ बुधबार August 5, 2026

आजदेखि विश्व खोप सप्ताह शुरू

अन्तर्राष्ट्रिय बहुपक्षीयता र शान्तिका लागि कूटनीति दिवस पनि आजै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आजदेखि विश्व खोप सप्ताह शुरू भएको छ । यसवर्ष ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ खोप सप्ताह मनाइँदैछ ।

विश्व खोप सप्ताहको मुख्य उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवर्द्धन गर्नु हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका कारण १५ करोड ४० लाख जीवन जोगिएको छ ।

शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको अवस्था छ ।

बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीलाई टिटानस, किशोरीलाई एचपीभीबाट जोगाउँछ ।

त्यस्तै आज ‘इन्टरनेश्नल गर्ल्स आईसीटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेश्नल गर्ल्सआइसीटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हुने गरेको छ ।

सूचना प्रविधिको क्षेत्रमा छोरीहरु र महिलालाई पनि समान अवसर दिनुपर्नेमा जोड दिएर हरेक वर्ष अप्रिलको चौथो बिहीवार छलफल र कार्यक्रम गर्ने गरिएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय बहुपक्षीयता र शान्तिका लागि कूटनीति दिवस पनि आजै परेको छ । यो दिवस सन् २०१८ देखि मनाउन थालिएको हो ।

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाप्रतिको प्रतिबद्धतालाई दोहोर्‍याउँदै विश्वका एक सय ४४ देशका सरकार प्रमुख एवम् प्रतिनिधिले अन्तर्राष्ट्रिय बहुपक्षीयता दिवस मनाउने प्रस्ताव गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया