जेठ ९, २०८२ शुक्रबार May 23, 2025

जनतालाई सकारात्मक प्रभाव पार्ने प्रविधिमा ध्यान दिनुपर्छ : मन्त्री सिंह

राष्ट्रको आवश्यकता र समयको मागअनुसार विकास नीति अघि बढाउनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनतालाई सकारात्मक प्रभाव पार्ने प्रविधिमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

बिहिबार सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसिसयसनले आयोजना गरेको भविष्य निर्माणमा नवप्रवर्तन र दिगो विकास विषयक राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उपप्रधानमन्त्री सिंहले राष्ट्रको आवश्यकता र समयको मागअनुसार विकास नीति अघि बढाउनुपर्ने धारणा राखे।

‘नेपालका लागि काम लाग्ने इनोभेससनमा जोड दिनुपर्‍यो। आम नेपाली जनतालाई सकारात्मक प्रभाव पार्ने प्रविधि अघि बढाउँदा राम्रो हुन्छ’, उनले भने। उपप्रधानमन्त्री सिंहले विकासको काम अघि बढाउँदा दिगो विकासमा ध्यान दिनुपर्नेमा जोड दिए।

त्यस्तै, फरक सन्दर्भमा उनले वैशाख ११ गतेको नेपालको राजनीतिक इतिहासमा विशिष्ट महत्त्व रहेको बताए। केन्द्रीकृत शासन प्रणालीबाट संघियता र राजतन्त्रबाट गणतन्त्रमा जाने दिनका रूपमा वैशाख ११ को विशेष महत्त्व रहेको भन्दै सिंहले लोकतन्त्र दिवसको शुभकामना दिए।

उनले लोकतन्त्र लामो संघर्षबाट प्राप्त भएको भन्दै यसको महत्त्व बुझ्न आग्रह गरे। अहिले अधिकारको कुरामात्रै धेरै हुने गरेको भन्दै अधिकारसँगै आफ्नो जिम्मेवारीमा पनि जोड दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया