चैत्र २८, २०८२ शनिबार April 11, 2026

आइसिसी महिला टी-२० विश्वकपको एसिया छनोट खेल्ने नेपाली टोली घोषणा

१० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आगामी मेमा थाइल्यान्डमा आयोजना हुने आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।

क्यानले घोषणा गरेको २४ सदस्यीय नेपाली टोलीमा इन्दू बर्मा कप्तान रहदा पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

एसिया छनोटका शीर्ष दुई टोली विश्व छनोटमा पुग्नेछन् । एसिया छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन् । छनोटमा नेपाल समूह ‘सी’ मा छ । यो समूहमा नेपालसहित हङकङ र बहराइन छन् । समूहको शीर्ष टोलीले फाइनल राउन्ड खेल्नेछ । फाइनल राउन्डमा तीन टोलीबीच प्रतिस्पर्धा हुँदा शीर्ष दुई विश्वकप छनोटमा पुग्नेछन् ।

विश्वकप छनोटमा १० टोली भिड्नेछन् । १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।

यी हुन् नेपाली टोलीः

इन्दू बर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, राजमती ऐरी, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार (विकेटकिपर), सबनम राई, रिया शर्मा, सम्झना खड्का, रोमा थापा (विकेटकिपर), ईश्वरी बिस्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया