असार २०, २०८२ शुक्रबार July 4, 2025

प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपर, १७ वैशाखः ललितपुर महानगरपालिका-२५ नक्खु खेला किनारमा जस्ताका टहरा बनाएर बसोवास गर्ने केही व्यक्तिहरूले अवैध रूपमा उत्पादन गरी बिक्री गर्दै आएको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

नख्खु खोलास्थित पुरुषोत्तम तुलाधारको जग्गा भाडामा लिई अवैध मदिरा उत्पादन हुँदै आएको सूचनाका आधारमा प्रहरी प्रभाग भैँसेपाटी बुङ्मतीका इञ्चार्जको नेतृत्वमा गएको प्रहरी टोलीले खानतलासी गर्दा ठूलो मात्रामा अवैध घरेलु मदिरा फेला पारेको थियो ।

मङ्गलबार गरिएको खानतलासीका क्रममा करिब एक सय लिटर अवैध घरेलु मदिरा र एक हजार २७० भन्दा बढी कच्चा पदार्थ नष्ट गरिएको प्रहरी प्रभागका इन्चार्ज एवं प्रहरी निरीक्षक शशीधर शर्माले आज जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी टोलीले नियन्त्रणमा लिएको अवैध मदिरा र कच्चा पदार्थ जेसिबीको सहायताले खाल्टो खनेर पुरिएको छ ।

अखाद्य पदार्थबाट उत्पादित मदिरा सेवनबाट मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै गैरकानुनी कार्य भएकाले त्यस्ता पदार्थ नष्ट गर्नुपरेको प्रहरी निरीक्षक शर्माले स्पष्ट पार्नुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोक स्थायी घर भई हाल नख्खुमा बसेर घरेलु मदिरा उत्पादन र बिक्रीमा संलग्न हुँदै आएकी रविना तमाङसहित अन्यलाई गैरकानुनी गतिविधिमा नलाग्न सचेत गराइएको छ ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोल’ मा शान्ति सुरक्षाको प्रत्याभूति दिलाएर सौहार्दता कायम गर्न आफूहरू खटिरहेको उल्लेख गर्दै प्रहरी निरीक्षक शर्माले समाजमा अशान्ति निम्त्याउने गतिविधिलाई रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार