असार २८, २०८२ शनिबार July 12, 2025

पाँच दिन नपुगी पिसिआर परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुले पाँच दिनपछि मात्र पिसिआर परीक्षण गराउन अनुरोध गरेको छ ।

मन्त्रालयले प्रवक्ता डा जागेश्वर गौतमले सङ्क्रमित व्यक्तिका सम्पर्कमा आएका व्यक्तिले तुरुन्तै पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पाइएकाले त्यसो नगरी सङ्क्रमित व्यक्तिको रिपाेर्ट आएको पाँच दिनपछि मात्र पिसिआर परीक्षण गराउन अनुरोध गरिएको बताउनुभयो ।

“पिसिआर पोजेटिभ आउन पाँच÷सात दिन लाग्ने भएकाले र तुरुन्तै पिसिआर परीक्षण गर्दा फाल्स नेगेटिभ (परीक्षण गर्दा नेगेटिभ तर दुई-चार दिनपछि पोजेटिभ आउने सक्ने) हुने भएकाले पाँच दिन नपुगी परीक्षण नगर्न, नगराउन अनुरोध गरेको छ”, उहाँले भन्नुभयो ।

अहिले काठमाडाैँ उपत्यकामा १४ अस्पताललाई पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन केन्द्रका रूपमा तोकी स्वाब सङ्कलन गरिँदै आइरहेको छ । यसका साथै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र स्थानीय तहले पनि आवश्यकतानुसार स्वाब सङ्कलन गरिरहेका छन् ।

उहाँले उक्त अवधिभित्र सङ्क्रमितको सम्पर्कमा आएकालाई घरमै बस्नसमेत अनुरोध गरिएको जानकारी दिनुभयो । अहिलेसम्म नेपालमा पाँच लाख पाँच हजार ६६० जनाको पिसिआर परीक्षण गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार