जेठ ९, २०८२ शुक्रबार May 23, 2025

च्याम्पियन्स लिगमा रोमाञ्चक भिडन्त, बार्सिलोना र इन्टर मिलान बराबरीमा रोकिए

उत्तेजक खेलमा न बार्सा जित्यो, न इन्टर हारे– च्याम्पियन्स लिगमा अंक बाँडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र इन्टर मिलान बराबरीमा रोकिएका छन् ।

इन्टर मिलानविरुद्ध दुई पटक पछि परेको स्थितिलाई उल्टाउँदै बार्सिलोनाले रोमाञ्चक बराबरी गरेको हो । सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानसँग ३–३ को बराबरी गर्दै बार्सिलोनाले फाइनल खेल्ने सम्भावना जिवित राखेको हो ।

खेलको ३० सेकेन्डमा इन्टर मिलानका मार्कस थुमरले च्याम्पियन्स लिगको इतिहासको सेमिफाइनलमा सबैभन्दा छिटो गोलको कीर्तिमान बनाए । २१ औँ मिनेटमा डम्फ्रिचले एक गोल थपे । २४ औँ मिनेटमा लामिन यामालले बार्सिलोनाका लागि एक गोल गरे । ३८ औँ मिनेटमा फेरान टोरेसले गोल थप्दै खेल बराबरीमा ल्याए ।

६३ औँ मिनेटमा डम्फ्राइजले इन्टरका लागि एक गोल थपे । ६५ मिनेटमा बार्सिलोनाका राफिन्हाले २५ यार्डबाट गरेको प्रहार बारमा लाग्न पुग्यो । जुन प्रहार इन्टरका गोलरक्षक यान सोमरको ढाडमा लाग्दै जाली चुमेपछि खेल बराबरीमा सकियो ।

सेमिफाइनलको दोस्रो लेग मंगलबार हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया