काठमाडौं, वैशाख १८ । जापानका राजदूत मायदा टोरु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच काठमाडौंको समग्र विकास र सहकार्यका सम्भावनाबारे भेटवार्ता सम्पन्न भएको छ।
काठमाडौंस्थित जापानी दूतावासका अनुसार भेटमा विशेष गरी काठमाडौं महानगरको भविष्यका योजना, पूर्वाधार निर्माण, शहरी सौन्दर्यकरण, र वातावरण सुधारका विषयमा विस्तृत छलफल गरिएको हो।
भेटमा काठमाडौंको दरबार स्क्वायर क्षेत्रको संरक्षण र वातावरणीय सुधार, ढुंगेधारा पुनर्संरचना, सडक व्यवस्थापन, बहुउद्देश्यीय मार्शल आर्ट भवन निर्माण लगायतका क्षेत्रमा जापानले दिँदै आएको सहयोगबारे चर्चा गरिएको थियो।
जापान विगतदेखि नै काठमाडौं महानगरसँग विभिन्न परियोजनामार्फत सहकार्य गर्दै आएको छ। दुवै पक्षले सहकार्यलाई अझ सुदृढ बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।
शहरी विकास र ऐतिहासिक सम्पदाको संरक्षणमा जापानको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। यस भेटले काठमाडौं महानगरलाई अन्तर्राष्ट्रिय सहयोगमा अझ सशक्त रुपमा अगाडि बढाउने संकेत दिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया