काठमाण्डौंः नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले श्रमिक आयोग बनाउनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले श्रमिकहरुकै अथक प्रयासका कारण विभिन्न समयका आन्दोलनहरु सफल भएको बताउँदै श्रमिकको समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्ने कुरामा कांग्रेस गम्भीर रहेको बताए ।
उनले होटलमा कार्यरत श्रमिकहरुले १० प्रतिशतको कुरा गरेको उल्लेख गर्दै कानून बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतले समेत आदेश दिइसकेको भन्दै कांग्रेसले कानुन बनाउन अघि बढ्ने प्रतिवद्धता जनाए ।
अहिले दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच व्यापार युद्ध चल्दा विश्वको परिस्थिति नाजुक भएकाले त्यसको असर नेपाललाई पनि पर्ने बताए ।
सांसद कोईरालाले भने,’हामीले केही हाँसिल गरेनौँ भन्नेकुरा होइन, हामीले हाँसिल गरेका छौँ । तपाईंहरुकै अथक प्रयासले योगदानमा आधारित सामाजिक सुरक्षा, तपाईंहरुको प्रयासले धेरै पहिलादखि ०५१२/०५२ सालदेखिकै प्रयासले यो अहिले सफल भएको छ । अझ यसमा अनौपचारिक क्षेत्रलाई हामीले कसरी सामाजिक सुरक्षामा समावेश गर्ने भन्नेकुरा चुनौतिको विषय भएको छ । यसलाई हामीले अझ गम्भीर रुपमा लिएर अगाडि जानुछ । मैले त धेरै प्रयास गरेँ । नेपाली काँग्रेसले पनि धेरै प्रयास गर्यो । तर हामीले अझ पनि श्रमीक आयोग बनाउन सकेका छैनौँ । यसको लागि नेपाली काँग्रेस सधैँ तयार रही रहन्छ ।
साथीहरु होटलमा कार्यरत श्रमीकहरुले जुन १० प्रतिशतको कुरा गर्नुभएको छ । उहाँहरुले धेरै ठूलो कुरा माग गर्नुभएको छैन । कानून बनाएर यसलाई अगाडि बढाऔँ भनेर सुप्रिम कोर्टले पनि भनेको छ । त्यसलाई नेपाली काँग्रेसले कानून बनाउन अघि बढ्छ । अहिले विश्वकै परिस्थिति अत्यन्त नाजुक भएर गएको छ । एकातिर ट्रेड वार भइरहेको छ, विश्वका ठूला दुई आर्थिक समृद्ध भएका देशहरुको बीचमा व्यापार युद्ध चलिरहेको छ । त्यसले नेपालाई पनि असर गर्दछ । भन्नेकुरा हामीले बुझेका छौँ ।’
सांसद कोइरालाले श्रमीकहरुले नलडेको भए २००७ सालको क्रान्ति र ०४६ र ०६२३/०६३ को आन्दोलन सफल हुन नसक्ने बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया