काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२६ को नतिजा आएको छ। शनिबार राति डिभीको नतिजा सार्वजनिक भएको हो।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार https://dvprogram.state.gov/ESC मा गई आफ्नो कनफरमेसन नम्बर राखेर नतिजा हेर्न सकिने छ। दूतावासले यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ।
तर, नतिजा सार्वजनिक भएको केही मिनेटमै नतिजा जाँच गर्ने वेबसाइट डाउन भएको छ। एकै पटक अत्याधिक प्रयोगकर्ताले वेवसाईट खोलेका कारण ट्राफिक अट्याकमा परेर साईट खुल्न सकेको छैन।
हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन्। डाइभर्सिटी भिसा लोट्री प्रोग्रामलाई ग्रिन कार्ड लोट्री कार्यक्रमको नामबाट चिनिन्छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया