श्रावण २०, २०८३ बुधबार August 5, 2026

हुम्लाको सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा

सबै वडा पूर्ण खोप सुनिश्चित घोषित भइसकेपछि गरिएको अनुगमन, स्वास्थ्य शाखाले उपलब्ध गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अदानचुली (हुम्ला)। जिल्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। आठवटै वडाहरू पूर्ण खोप सुनिश्चित भइसकेको र गाउँपालिकास्तरबाट अनुगमनका क्रममा निर्धारित उमेर समूहका बालबालिका सबै खोप लगाएका भेटिएपछि आज गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

गाउँँपालिकाका आठवटै वडा पूर्ण खोप सुनिश्चित घोषित भइसकेपश्चात् आज एक औपचारिक कार्यक्रमको आयोजना गरी सिमकोटलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य संयोजक नर भण्डारीले बताए।

सबै वडा पूर्ण खोप सुनिश्चित घोषित भइसकेपछि गरिएको अनुगमन, स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार घरधुरी सर्वेक्षणका क्रममा पूर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिका पाँच सय ५५ जना रहेका उनले जानकारी दिए। उनका अनुसार खोप लिइरहेका जन्मेदेखि पन्ध्र महिनासम्मका बालबालिका भने एक सय ८४ जना छन्।

जिल्ला सदरमुकाम सिमकोटमा रहेको जिल्ला समन्वय समितिको हलमा गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका संयोजक शिवराज शर्माको प्रमुख आतिथ्यमा पालिकालाई खोप सुनिश्चित घोषणा गरिएको छ।

कार्यक्रममा खोप अभियानलाई सहयोग गर्ने पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत, रेडियो कैलाशका जनक शाही, अन्नपूर्णकर्मी नरजंग तामाङ र रेडियो कर्णाली आवाजका ऐटन रावललाई कदरपत्रले सम्मान गरिएको छ। साथै आठवटै वडामा कार्यरत स्वस्थ्यकर्मीलाई पनि सम्मान गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत नर्स र सरकार बिच १९ बुँदे सहमति, नर्स ज्योतिले तोडिन् अनशन
२०८३ श्रावण २०, बुधबार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
२०८३ श्रावण २०, बुधबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण २०, बुधबार
भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
२०८३ श्रावण २०, बुधबार
विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२०८३ श्रावण २०, बुधबार
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ श्रावण २०, बुधबार
राष्ट्र बैंकले तोक्यो बुधबारको विदेशी मुद्राको नयाँ विनिमयदर, डलर १५२.९१ रुपैयाँ पुग्यो
२०८३ श्रावण २०, बुधबार