मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

बायर्न म्युनिखले जित्यो बुन्डेसलिगाको उपाधि, ह्यारी केनको पहिलो ठूलो ट्रफी

बायर्नलाई ३४ औं बुन्डेसलिगा उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । जर्मन शीर्ष फुटबल लिग बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ ।

दोस्रो स्थानमा रहेको लेभरकुसेन एससी फ्राइवर्गसँग २–२ को बराबरीमा रोकिएसँगै बायर्न म्युनिखले ३४ औं पटक बुन्डेसलिगाको उपाधि जित्न सफल भएको हो ।

३२ खेल खेलेको बायर्नको कुल अंक ७६ पुगेको छ भने समान खेल खेलेको लेभरकुसेनको ६८ अंक मात्र छ । यो नतिजासँगै बायर्न अपराजित रहँदै शीर्षस्थान सुरक्षित गर्दै च्याम्पियन बन्न पुगेको हो ।

यसैबीच, बायर्नका फरवार्ड ह्यारी केनले आफ्नो खेल जीवनको पहिलो ठूलो उपाधि जित्न सफल भएका छन् । उनले लामो समय इंग्लिस क्लब टोटेनहम हट्स्परमा बिताएका थिए तर सो अवधिमा कुनै पनि प्रमुख उपाधि जित्न सकेका थिएनन् ।

गत सिजन बायर्न म्युनिखमा आवद्ध भएका केनले तत्काल उपाधि जित्ने अपेक्षा गरेका थिए । तर, लेभरकुसेन च्याम्पियन बनेपछि उनको सपना अधुरो रह्यो । यद्यपि, यो सिजन उनले उत्कृष्ट प्रदर्शन गर्दै क्लबलाई सफलता दिलाए र व्यक्तिगत रूपमा पनि आफ्नो ट्रफीको खल्ती भर्ने मौका पाए ।

ह्यारी केनको गोल स्कोरिङ प्रदर्शन, बायर्नको सशक्त टोली संयोजन, र प्रशिक्षकको प्रभावशाली रणनीतिले बायर्नलाई एकपटक फेरि बुन्डेसलिगाको शीर्षस्थानमा पुर्‍याएको हो ।

बायर्न म्युनिखका समर्थकहरूले उपाधि जितेको खुसी सामाजिक सञ्जालदेखि मैदानसम्म उत्सवका रूपमा मनाएका छन् । अब क्लबको ध्यान युरोपेली प्रतियोगिताहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार