असोज ७, २०८३ बुधबार September 23, 2026

राज्यको शैक्षिक नीति दलाल संरक्षण उन्मुखः बढ्दो व्यापारीकरण र निजीकरण विरुद्ध संघर्षमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः ‘कोरोना कहर र वर्तमान अवस्थामा शैक्षिक क्षेत्रको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले संसदीय खालमा डुबेको वर्तमान राज्यव्यवस्थाका कारण शैक्षिक क्षेत्र व्यापारीकरण, दलालीकरण र भ्रष्टीकरणको सिकार हुन पुगेको निष्कर्ष निकाल्दै त्यसका विरुद्ध सचेतन संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।

अनामनगरस्थित संवाद डबलीमा शनिवार सम्पन्न उक्त कार्यक्रमका सहभागि वक्ताहरुले गाँस, बास, कपास र शिक्षा, स्वास्थ्य, रोजगार जस्ता नागरिकका आधारभूत अधिकारलाई परिपूर्ति गर्नु राज्यको दायित्व भएपनि वर्तमान राज्यव्यवस्था दलालीकरणमा लिप्त भएकाले त्यस्तो अवस्था आएको भन्दै सचेतन संघर्षमा जोड दिएका हुन ।

वक्ताहरुले वर्तमान केपी ओली शर्मा नेतृत्वको सरकारले एकातिर संवृद्धीको कुरा गरिरहेको र अर्कोतिर चरम भ्रष्टाचारलाई सेवा गरिरहेको भन्दै गुणसतरिय शिक्षाका नाममा भैरहेको भ्रष्टाचार, विकृति, विसंगतिका विरुद्ध संगठित संघर्ष गर्नुको विकल्प नरहेकोमा जोड दिए ।

उक्त कार्यक्रममा मुख्य वक्ताको रुपमा बोल्दै पूर्व संसद समेत रहेका नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजित बुढाथोकी (सुशिल) ले शिक्षा क्षेत्रलाई व्यापारी तथा निजीकरण गर्नमा नै सत्तासीनहरुको हात रहेको बताए ।

महासचिव सुशिलले सरकारले ८० लाख विद्यार्थीहरुको भविष्यलाई डामाडोल पारेको आरोप लगाए । उनले वर्तमान सरकार भ्रष्टाचार तथा सत्ता जोगाउने खेलमा मात्रै केन्द्रीत भएको बताए ।

उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै शिक्षाविद डाक्टर विद्यानाथ कोइरालाले कोरोना महामारीको कारण नेपालमा ३,४ महिनाको शैक्षिक कार्यक्रमहरु विथोलीसक्दा पनि राज्यका सम्बन्धीत निकायहरु मौन रहेर गैह्रजिम्मेवारीपूर्ण व्यवहार देखाएको भन्दै सरकारको तिब्र आलोचना गरे ।

कोरोना कहरले विद्यार्थीको पढन पाठनमा समस्या आएको र त्यसका कारण तनावमा परेर कतिपय विद्यार्थीहरुले आत्महत्या गर्ने अवस्था आउँदा समेत राज्यले चासो नदिनु र नयाँ विकल्पबारे नसोच्नु दुःखत विषय भएको भन्दै उनले ओली सरकारको गैह्र जिम्मेवारी गतिविधिको विरोध गरे ।

उनले अनलाइन तथा डिजीटल शिक्षा प्रणालीले विद्यार्थीहरुमा ठूलो विभेद ल्याउने भन्ने कुरा निकै गलत भएको भन्दैे इन्टरनेट नभएको ठाउँमा रेडियो टेलिभिजन र त्यो पनि नभएको ठाउँमा अफलाईन विधिबाटसमेत पढाएर शैक्षिक सत्र अगाडी बढाउन पर्ने सुझाव पेश गरे ।

विगतमा जनवादी शिक्षाको रटान लगाउनेहरु अहिले सरकारमा रहेर पनि निजी तथा आवासिय शिक्षाका संरक्षक भएको आरोप लगाउँदै उनले भने,“विगतमा खुब व्यापारी तथा निजीकरणको शिक्षा माफियाकरण भयो भनेर गीत गाउँथे । २०७५ मा नितीगतरुपमै निजी शिक्षाले समाजमा ठूलो योगदान दिएको छ भन्दै संरक्षण गरे, वा तिमीहरुको क्रान्तिकारीता !”

त्यसैगरी नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले कोभिड –१९ बाट शिक्षा क्षेत्र अत्यन्तै प्रभावित भएको भन्दै बेलैमा सरकारले त्यसबारे चासो नदेखाएमा देशको शिक्षा क्षेत्र तहसनहस हुने ठोकुवा गरे ।

उनले नेपालमा विगत्देखिनै सामुदायीक र निजी गरेर दुई खाले शिक्षा प्रणाली भएको भन्दै त्यो विभाजनलाई अन्याय र विभेदकारी भएको तर्क गरे । उनले राज्यले देशभर एकै प्रणालीको शिक्षा नीति लागु गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै उक्त कार्यक्रममा सत्तारुढ नेकपा निकट अनेरास्ववियूका संयोजक ऐन महरले आफ्नो आस्थाको राजनीतिक दल सरकारमा रहेपनि विद्यार्थी संगठन जहिले पनि प्रतिपक्षमा रहेको भन्दे अनेरास्ववियू निरन्तर शैक्षिक क्षेत्रको सुधारका पक्षमा संघर्षरत रहेको बताए ।

उनले शिक्षामा भएको नीजि तथा व्यापारीकरण विरुद्ध आफ्नो संगठन अग्र मोर्चामा रहेर योजनाबद्ध रुपमा संघर्षमा अघि बढ्ने बताए । उनले मुलुक विषम परिस्थितिमा गुज्रिरहेको भन्दै अहिले नै विरोध गर्ने भन्दा पनि सबै लागेर शैक्षिक सत्र चलाउने विकल्प खोज्नु पर्ने बताए ।

देश र समाजलाई कामलाग्ने भन्दा पनि निजी विद्यालयले ब्रोइलर र सामुदायीक विद्यालयले लोकल कुखुरा जस्तै विद्यार्थी उत्पादन गर्न थालेको आरोप लगाउँदै महरले त्यसको दोषी सरकार नै रहेको आरोप लगाए ।

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन ‘प्रेस सेन्टर नेपाल’ का केन्द्रीय अध्यक्ष लोकराज जैसीको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य गोविन्दराज नाथ, सदस्य संदिप लगाएतको सहभागिता रहेको थियो ।

त्यस्तै उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य तथा क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव मेघबहादुर खत्रीको समेत आतिथ्यता थियो भने अन्य नेता, कार्यकर्ताहरुको सहभागित थियो । कार्यक्रममा विभिन्न संञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार