असार २३, २०८२ सोमबार July 7, 2025

नेपाली भाषामा बोलेको भन्दै जरिवाना लिने कार्य बन्द गर्न काठमाडौं महानगरको निर्देशन

भाषा सिकाइको प्रक्रिया स्वाभाविक र सहिष्णु हुनुपर्ने उल्लेख गर्दै भाषा थोपर्नु शिक्षाको सिद्धान्तविपरीत हुने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयमा नेपाली भाषामा संवाद गरेवापत जरिवाना तिर्न लगाउने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ र यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ।

महानगरका शिक्षा अधिकृत नेत्र नारायण पौडेलद्वारा जारी विज्ञप्तिमा केही निजी विद्यालयहरुले अंग्रेजी भाषालाई अत्यधिक प्राथमिकता दिँदै विद्यालय परिसरमा नेपाली भाषामा बोल्न प्रतिबन्ध लगाएको गुनासो आएकाले यस्तो कार्य नगर्न स्पष्ट निर्देशन दिइएको हो।

विज्ञप्तिमा भनिएको छ, “यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ।”

महानगरले शिक्षा क्षेत्रको मर्यादा, विद्यार्थीको भाषिक स्वतन्त्रता र मातृभाषाको सम्मानको पक्षमा आफू प्रतिबद्ध रहेको जनाएको छ। साथै, भाषा सिकाइको प्रक्रिया स्वाभाविक र सहिष्णु हुनुपर्ने उल्लेख गर्दै भाषा थोपर्नु शिक्षाको सिद्धान्तविपरीत हुने चेतावनीसमेत दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार