श्रावण १, २०८२ बिहिबार July 17, 2025

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

यो चलचित्र हाल प्रि–प्रोडक्सन चरणमा छ र यो वर्षको मध्यवाट सुटिङमा जाने पक्कापक्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २३ बैशाख । बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो पटक ‘स्त्री २’ मा देखिएकी थिइन्।

यो फिल्मले कीर्तिमानी कमाई गरेको थियो । त्यसैले पनि अब सबै निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन्।

हालै एकता कपुरले श्रद्धा कपूरलाई आफ्नो एउटा फिल्ममा कास्ट गरेको खबर आएको थियो । यो फिल्मका लागि श्रद्धा कपुरले आफ्नो पारिश्रमिक बढाएको पनि बताइएको छ ।

बलिउड हंगामाको रिपोर्ट अनुसार श्रद्धा कपुरले एकताको यो फिल्मको लागि १७ करोड भारु पारिश्रमिक लिएकी छिन् । पारिश्रमिकबाहेक नायिकाले सम्झौतामा नाफाको अंश पनि मागेकी छिन् । जसअनुसार उनले फिल्म रिलिज पछि केही प्रतिशत नाफा पनि पाउने छिन् । यो भारतीय सिनेमामा महिला कलाकारले लिएको सबैभन्दा धेरै पारिश्रमिक हो।

तर, फिल्मको नाम भने अझै सार्वजनिक गरिएको छैन । यो चलचित्र हाल प्रि–प्रोडक्सन चरणमा छ र यो वर्षको मध्यवाट सुटिङमा जाने पक्कापक्की भएको छ ।

रिपोर्टका अनुसार श्रद्धा कपुरले खासमा  ‘स्त्री २’का लागि ५ करोड भारु लिएकी थिइन् । अब श्रद्धा कपुरले आफ्नो पारिश्रमिक एकैपटक १२ करोड बढाएर १७ करोड रुपैयाँ पुर्याएकी हुन् । स्त्री २ पछि यो श्रद्धा कपुरको ठूलो प्रोजेक्ट हो । तपाईलाई बताउ कि श्रद्धा कपूरले स्त्रीः ३ मा पनि काम गर्ने भएकी छिन्। यो हरर कमेडी अगस्ट २०२७ मा रिलिज हुने बताइएको छ।

श्रद्धा कपुरले आफनो करिअर तीन पत्तीबाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनी ‘लभ का द एन्ड’ मा देखिएकी थिइन् । उनले आशिकी २, गोरी तेरे प्यार मे, एक भिलेन, हैदर, उंगली, एबीसीडी २, बागी, ​​फ्लाइङ जट, रक अन २, हाफ गर्लफ्रेन्ड, साहो, छिछोरे, बागी ३, तिमी झुट मै मक्कर जस्ता फिल्म गरिसकेका छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार