श्रावण २०, २०८३ बुधबार August 5, 2026

आइरन चक्की देशका धेरै स्वास्थ्य संस्थामा नपाउने अवस्था

गर्भावस्थाको चौथो महिनादेखि बच्चा जन्मिएको ४५ दिनसम्म दिन नबिराई आइरन चक्की निःशुल्क उपलब्ध गराइन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले गर्भवती तथा सुत्केरीलाई नि:शुल्क रुपमा वितरण गर्दै आइरहेको आइरन चक्की देशका धेरै स्वास्थ्य संस्थामा नपाउने अवस्था आएको छ।

स्वास्थ्यकर्मीहरुले नै आइरन चक्कीको अभाव भयावह स्थितीमा पुगेको भन्दै स्वास्थ्य मन्त्रालयसँग आइरनको माग गरिरहेका छन्। परिवार कल्याण महाशाखाले भने आइरनको अभाव केही संस्थामा देखिए पनि बाहिर हल्ला भएजस्तो भयावह नभएको जनाएको छ।

आइरन चक्की व्यापक रुपमा अभाव रहेको भन्ने बाहिर आएको तथ्यमा सत्यता नभएको परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लिला विक्रम थापा बताउँछन्। यद्यपि कहीँ कतै भने नपुगेको उनले बताए ।

हाल स्थानीय तहले आफैं किनेर पनि आइन चक्की वितरण गर्दै आइरहेका छन्,’ उनले भने-‘हामीले कतिपय स्थानीय तहलाई माथिबाट नआउने समेत बताइसकेका छौं।’

सानादेखी ठूला अस्पतालहरुले पनि आफैं खरिद गर्दै आइरन चक्की वितरण गर्दै आइरहेका छन् । यदाकदा कुनै कुनै स्थानीय तहमा आइरन चक्की नहुँदा वितरण गर्न नसकेपछि परिवार कल्याण महाशाखाले हाल प्रदेश मन्त्रालय तथा नगरपालिकासँग छलफल गरिरहेको उनले जानकारी दिए । यद्यपि त्यति भयावह स्थितीमा नै अभाव नभएको उनको प्रष्टोति छ।आइरन चक्कीका लागि प्रदेश आपूर्ति केन्द्रलाई नै संघले बजेट विनियोजन गर्दै आइरहेको छ । प्रदेश आपूर्ति केन्द्रले लक्षित वर्ग सहित कुन स्थानीय तहलाई कति दिने भन्ने यकिन गर्ने गर्छ।

परिवार कल्याण महाशाखाको विभिन्न कार्यक्रममध्ये गर्भवतीलाई फोलिक एसिड तथा आइरन चक्की वितरण पनि एक कार्यक्रम हो। यद्यपि हाल यसको जिम्मेवारी प्रदेश तथा स्थानीय तहलाई दिइएको छ। कही कतै अभाव हुनुमा समयमा स्थानीय र प्रदेश सरकारबीच समन्वय हुन नसकेको उनको तर्क छ।

गर्भवती तथा सुत्केरी अवस्थामा आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर हुन नदिन आइरन चक्कीको आवश्यकता पर्छ। यसले रक्तअल्पता हुनबाट जोगाउँछ। त्यसलाई ध्यानमा राखी नेपाल सरकारले सन् १९८५ देखि गर्भवतीलाई आइरन चक्की वितरण गरिरहेको छ। गर्भावस्थाको चौथो महिनादेखि बच्चा जन्मिएको ४५ दिनसम्म दिन नबिराई आइरन चक्की निःशुल्क उपलब्ध गराइन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत नर्स र सरकार बिच १९ बुँदे सहमति, नर्स ज्योतिले तोडिन् अनशन
२०८३ श्रावण २०, बुधबार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
२०८३ श्रावण २०, बुधबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण २०, बुधबार
भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
२०८३ श्रावण २०, बुधबार
विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२०८३ श्रावण २०, बुधबार
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ श्रावण २०, बुधबार
राष्ट्र बैंकले तोक्यो बुधबारको विदेशी मुद्राको नयाँ विनिमयदर, डलर १५२.९१ रुपैयाँ पुग्यो
२०८३ श्रावण २०, बुधबार