असार २३, २०८२ सोमबार July 7, 2025

वडाले थाल्यो सामुदायिक विद्यालय सहयोग कार्यक्रम

स्थानीय तहले शैक्षिक क्षेत्रमा गरेको यो पहल देशभरिका अन्य वडाका लागि पनि अनुकरणीय अभ्यास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । दोलखाको भीमेश्वर नगरपालिका–७ ले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि निशुल्क शैक्षिक सामग्री वितरण सुरु गरेपछि स्थानीय तहको शैक्षिक उत्तरदायित्वप्रति सचेतता देखिएको छ।

“गुणस्तरीय शिक्षा हाम्रो अभियान, वडाका बालबालिका प्रति जनप्रतिनिधिको ध्यान” भन्ने मूल नाराका साथ सुरु गरिएको यो अभियान अन्तर्गत विद्यार्थीलाई कपि, कलम, पेन्सिल, इरेजर, पेन्सिल कटर जस्ता सामग्री दिइनेछ भने शिक्षकहरूका लागि पनि मार्कर र इङ्क जस्ता आवश्यक सामग्री उपलब्ध गराइनेछ।

वडाध्यक्ष विनोद तमाङका अनुसार, वडाको बजेटमै आधारित भएर सुरु गरिएको यो कार्यक्रम आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई विद्यालयतर्फ आकर्षित गर्न र पढाइ नियमित गराउन सहयोगी हुनेछ। वडा नम्बर–७ मा रहेका ६ वटा सामुदायिक विद्यालयमा हाल ६५० जना विद्यार्थी अध्ययनरत छन्, जसमध्ये धेरैजसो विद्यार्थी विपन्न पृष्ठभूमिबाट आएका छन्।

वडाध्यक्ष तमाङ भन्छन्, “शैक्षिक सामग्री अभावकै कारण कति बालबालिका विद्यालय नियमित जान सक्दैनन्। यस्तो अवस्था अन्त्य गर्न हामीले यो कार्यक्रम ल्याएका हौं।”

वडा कार्यालयले कुटिडाँडा माध्यमिक विद्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी शैक्षिक सामग्री वितरणको शुभारम्भ गरेको हो। कार्यक्रममा बागमती प्रदेशसभा सांसद भरतबहादुर केसी सहभागी थिए। उनले वडाको यो पहलले विद्यार्थीलाई नियमित रूपमा विद्यालय पुग्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे।

अध्यक्ष तमाङले आफ्ना कार्यकालभरिमा कुनै पनि विद्यार्थीले व्यक्तिगत खर्चमा शैक्षिक सामग्री किन्न नपर्ने व्यवस्था मिलाउने अठोट व्यक्त गरे। साथै, उनले यो कार्यक्रम आफ्नो कार्यकालपछिसम्म पनि निरन्तर चलिरहने अपेक्षा राखेका छन्।

स्थानीय तहले शैक्षिक क्षेत्रमा गरेको यो पहल देशभरिका अन्य वडाका लागि पनि अनुकरणीय अभ्यास बन्ने आशा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार