काठमाडौं, २३ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले दोस्रो चरणको आन्दोलनको कार्यक्रम तयार गरी घोषणा गर्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको सचिवालय बैठकले केन्द्रीय कार्यालयले दोस्रो चरणको आन्दोनलको कार्यक्रम तयार गरी घोषणा गर्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थिति, संसदमा छलफल भैरहेको सरकारको नीति तथा कार्यक्रम, पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका विषयमा छलफल भएको प्रवक्ता प्रकाश ज्वालाले बताए ।
साथै, एकीकृत समाजवादीले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्यु प्रकरणप्रति ध्यानाकार्षण भएको पनि बताएको छ । बैठकले स्वर्गीय प्रिशाप्रति श्रद्धाञ्जली एवं परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । एकीकृत समाजवादीले उक्त घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । यस घटनाप्रति गम्भीर बन्न र कूटनीतिक एवं अन्य पहल अघि बढाउन एकीकृत समाजवादीले सरकारको ध्यानाकर्षण गराएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया