मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आर्मी र गण्डकी राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा फाइनलमा

प्रतियोगिताको विजेता टोलीले ७५ हजार र उपविजेताले ५० हजार रुपियाँ पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, वैशाख २४ गते । नेपाल आर्मी र गण्डकी प्रदेश राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् । च्यासल मैदानमा मङ्गलबार भएको पहिलो सेमिफाइनलमा आर्मीले नव प्रवेशी टोली एपीएफ क्लबलाई ६-० गोलले हरायो ।

आर्मीका कासीराज राईले ह्याट्रिक गर्नुभयो । राजेन्द्र कार्कीले दुई तथा प्रदीप राजवंशीले एक गोल थप्नुभयो । आर्मीका देवसिंह धामी ‘प्लेयर अफ दी म्याच’ घोषित हुनुभयो ।

फाइनल प्रवेशसँगै आर्मी दोहोरो उपाधि जित्ने अभियानमा छ । सोमबार राष्ट्रिय महिला हक्की प्रतियोगितामा आर्मीले गण्डकीलाई नै हराउदै उपाधि जितेको थियो । नेपाल हक्की सङ्घद्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा गण्डकीले नेपाल पुलिस क्बललाई पेनाल्टी सुटआउटमा २–१ गोलले पाखा लगायो ।

गण्डकीका जोसन राई ‘प्लेयर अफ दी म्याच’ चुनिनुभयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।पेनाल्टीमा गण्डकीका संगम घर्ती मगर र अशिम बहिकले गोल गर्नुभयो ।

विवेक गुरुङ, कुशल नेपाली र सोनु खान चुक्नुभयो । पुलिसका लागि सुरज बोहरा बाहेक अन्यले गोल गर्न सक्नुभएन । नवराज खत्री, सुरेशप्रसाद जोशी, आयुश शाह र सुनिल राणाले चुक्नुभएको थियो । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले ७५ हजार र उपविजेताले ५० हजार रुपियाँ पाउनेछ । यस्तै तेस्रो हुने टोलीलाई २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार