असार २४, २०८२ मंगलबार July 8, 2025

समृद्धिको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल

कृषिलाई आधुनिक एवं प्रविधिमैत्री बनाउँदै युवावर्गको आकर्षण बढाउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, वैशाख २५ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली जनताको खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी युवा वर्गको काँधमा रहेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज पोखरामा आयोजित युवा भेलाको उद्घाटन गर्दै महासचिव पोखरेलले युवा शक्तिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।

एमालेले पार्टीका सबै तहमा युवालाई आरक्षणको व्यवस्था गर्दै अघि बढाइरहेको उल्लेख गर्दै महासचिव पोखरेलले यसबाट नयाँ चिन्तन भएका युवापुस्ताको विकास हुने विश्वास व्यक्त गर्नुभयो । कृषिलाई आधुनिक एवं प्रविधिमैत्री बनाउँदै युवावर्गको आकर्षण बढाउनुपर्नेमा उहाँको जोड छ ।

मुलुकमा राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन नसकेको उल्लेख गर्दै महासचिव पोखरेले भन्नुभयो, “देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक छ । मुलुकको समग्र विकासको पक्षमा उभिएका कारण अहिले एमालेमाथि चौतर्फी आक्रमण भएको उल्लेख गर्दै उहाँले एमाले सरकारमा आएपछि रोकिएका विकास निर्माणका काम अघि बढेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले युवाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत क्षेत्रमा अग्रसरता देखाउँदै नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले मुलुकमा मौलाएका बेथितिको अन्त्यका लागि दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार देशमा सुशासनसहित विकास निर्माणमा जुटेको बताउनुभयो ।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा  ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्पलाई अघि बढाएको उल्लेख गर्दै उहाँले उक्त अभिभारा पूरा गर्न युवा वर्ग सचेत र जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । युवा वर्ग उद्यमशील बन्नुपर्नेमा मन्त्री गुरुङको जोड छ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसङ्गठन प्रमुख भानुभक्त ढकालले युवा शक्ति सङ्गठित र संयमित भएर पार्टी निर्माणमा जुट्नु पर्नेमा जोड दिँदै कार्य मूल्याङ्कन तथा क्षमताका आधारमा पार्टीको जिम्मेवारी दिइने बताउनुभयो । जनवर्गीय सङ्गठनलाई चुस्त दुरुस्त बनाउँदै  ‘मिसन–८४’ मा पार्टीको बहुमत ल्याउने तयारीमा जुट्न आग्रह गर्नुभयो ।

एमाले केन्द्रीय सदस्य एवं युवा सङ्घ नेपालका इञ्चार्ज राजीव पहारीले पर्यटकीय राजधानी पोखरामा हुन गइरहेको दशौँ राष्ट्रिय महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न सबैको साथ तथा सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । ‘सुशासन, समृद्धि, राष्ट्रियता, नवीनता, सिर्जनशीलता र गतिशीलता’ नारासहित पोखरामा हुन गइरहेको दशौँ राष्ट्रिय महाधिवेशनमा एक हजार ७९२ प्रतिनिधिको सहभागिता रहने युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले जानकारी दिनुभयो ।

कार्यक्रममा सङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश गौतम र महासचिव सुमन पुरीले महाधिवेशन सङ्गठन सुदृढीकरण, जलवायु परिवर्तन र उद्यमशीलता एवं उत्पादनलाई जोड दिन  केन्द्रित रहने बताउनुभयो । अधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार