श्रावण २०, २०८३ बुधबार August 5, 2026

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार

चिकित्सकको निगरानीमा अस्पतालमै उपचार जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, वैशाख २६ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ। उनी हाल सघन उपचार कक्ष (ICU) मा चिकित्सकीय निगरानीमा छन्।

मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका नेपाललाई एन्जिओप्लास्टी गरिएको थियो। उपचारपछि चिकित्सकहरूले उनलाई केही दिन आरामसहित उपचार गर्न सल्लाह दिएका छन्।

पार्टी केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार, नेपाललाई सघन उपचार कक्षमा राखिएको छ र स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको छ।

नेपालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ, तर चिकित्सकहरूले पूर्ण विश्राम आवश्यक रहेको बताएका छन्। पार्टीका वरिष्ठ नेताहरूले नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शुभकामना व्यक्त गरेका छन्।

नेपालको स्वास्थ्यमा सुधार आएपछि पार्टीका गतिविधिहरू पुनः सक्रिय हुने अपेक्षा गरिएको छ। पार्टीका अन्य नेताहरूले पनि नेपाललाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत नर्स र सरकार बिच १९ बुँदे सहमति, नर्स ज्योतिले तोडिन् अनशन
२०८३ श्रावण २०, बुधबार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
२०८३ श्रावण २०, बुधबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण २०, बुधबार
भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
२०८३ श्रावण २०, बुधबार
विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२०८३ श्रावण २०, बुधबार
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ श्रावण २०, बुधबार
राष्ट्र बैंकले तोक्यो बुधबारको विदेशी मुद्राको नयाँ विनिमयदर, डलर १५२.९१ रुपैयाँ पुग्यो
२०८३ श्रावण २०, बुधबार