असार २३, २०८२ सोमबार July 7, 2025

त्रिविको डिप्लोमेसी एमफिल-पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २६ वैशाख । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रमको कार्यक्रम संयोजकको जिम्बेवारी डा. रमेश पौडेललाई दिएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका डा. पौडल विश्वविद्यालयका सहप्रध्यापक हुन् ।

कार्यक्रम संयोजकका रुपमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. खड्ग केसीले बिहीबार कार्यक्रम संयोजकका रुपमा डा. पौलेललाई स्वागत गरेका थिए । बिहीबार नै विश्वविद्यालयले एमफिल–पिएचडीका लागि भर्ना भएका चौथो व्याचका विद्यार्थीहरूकालागि स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा उपकुलपति प्रा डा केसीले विश्वविद्यालय, विभाग र अध्ययनका सन्दर्भमा विभिन्न पक्षका उदाहरणसहित प्रष्ट पारे । यो विषयको अध्ययनले नेपालको अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धलाई थप बलियो बनाउन सक्दछ भन्ने धारणा उनले राखेका थिए ।

विभागीय प्रमुख अपेक्षा शाहले विभागका सन्दर्भमा विद्यार्थीहरूलाई आवश्यक पर्ने जानकारी प्रदान गर्दै डा. पौडेललाई स्वागत गरेकी थिइन् ।

पौडेलले विद्यार्थीहरूलाई आवश्यक ज्ञान आर्जन गर्न सक्ने अधिकतम राम्रो वातावरणका लागि क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार