श्रावण २०, २०८३ बुधबार August 5, 2026

बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

दुर्गम गाउँमा भौगोलिक बिकटता र चेतनाको कमीले स्थानीयको स्वास्थ्य संस्थासम्म पहुँच छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्ला अस्पताल बाजुरामा दुई महिनाकी शिशुको कुपोषणले मृत्यु भएको छ ।

जगन्नाथ गाउँपालिका-२ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीको कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डा. प्रकाश बुढाले वताएका छन् । मृतक बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणमा थिइन् । गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएकी उनलाई बचाउन नसकिएको डा. बुढाले बताएका छन् ।

उता स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोट गाउँमा बर्सेनि कुपोषणले बालबालिकाको मृत्यु हुने गरेको छ । मुक्तिकोटमा अहिले पनि १४ जनाभन्दा बढी बालबालिका कडा कुपोषणको चपेटामा रहेका छन् । रेकर्डमा नआएका धेरै बालवालिका कुपोषणका कारणले मृत्यु हुने गरेको छ ।

दुर्गम गाउँमा भौगोलिक बिकटता र चेतनाको कमीले स्थानीयको स्वास्थ्य संस्थासम्म पहुँच छैन । त्यसमाथि दुर्गम क्षेत्रमा भएका स्वास्थ्य संस्था पनि सेवा र साधन स्रोतका दृष्टिले कमै मात्र प्रभावकारी हुन्छन् ।

बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाह भन्छन, ‘धेरैपक्षहरु होलान तर गरिबी नै यसको मुख्य कारण हो । गरिबीले नै कुपोषण त भयावह हुने नै भयो ।’सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले केही वर्ष गरेको कुपोषणको ‘स्र्माट सर्भे’मा बाजुरामा कुपोषणको दर उच्च रहेको देखाएको छ ।

बाजुराका ९ स्थानीय तहका ६९ वडामध्ये २७ वडाका घरघरमा पुगेर ५ वर्षमुनिका बालबालिकामा सर्भे गरिएको थियो । सर्भेक्षणमा पुड्कोपन ४८.८ प्रतिशत, ख्याउटेपन ८.६ प्रतिशत र कम तौल ३०.६ प्रतिशत देखिएको थियो । तथ्याङ्कका अनुसार बाजुरामा ४८ प्रतिशत कुपोषण रहेको देखाएको छ ।

यो दरले बाजुराका बालवालिकामा कुपोषणको दर निकै उच्च रहेको देखाएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्द बताए । बाजुरामा आमा र बच्चाको मृत्यु उच्च रहेपनि जिल्ला स्थित स्वास्थ्य संस्थामा यो विवरण उपलब्ध हुँदैन ।

यसबाहेक धेरै आमाहरुमा पाठेघरको समस्या देखिएको छ । असुरक्षित सुत्केरी र धेरै सन्तान जन्माएकाले यो समस्या देखिएको हो । धेरै सन्तान जन्माउँदा देखिने अर्को समस्या रक्तअल्पता हो ।
कुपोषण बर्सेनि बालबालिकाको मृत्यु हुने भएपनि राज्यको कुपोषण न्यूनीकरणमा खासै लगानि भएको पाइँदैन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत नर्स र सरकार बिच १९ बुँदे सहमति, नर्स ज्योतिले तोडिन् अनशन
२०८३ श्रावण २०, बुधबार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
२०८३ श्रावण २०, बुधबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण २०, बुधबार
भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
२०८३ श्रावण २०, बुधबार
विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२०८३ श्रावण २०, बुधबार
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ श्रावण २०, बुधबार
राष्ट्र बैंकले तोक्यो बुधबारको विदेशी मुद्राको नयाँ विनिमयदर, डलर १५२.९१ रुपैयाँ पुग्यो
२०८३ श्रावण २०, बुधबार