काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते काठमाडौँमा भएको घटनाको आवरणमा सरकार प्रतिशोधका रुपमा प्रस्तुत भइरहेको बताएका छन्।
राप्रपाका नेता रवीन्द्र मिश्रलगायत सबैको रिहाइको माग गर्दै ‘राष्ट्रवादी देशभक्त जनता’ नामक संगठनले ललितपुरको जावलाखेलमा जारी राखेको रिले अनशनमा पगेका अध्यक्ष थापाले अभिव्यक्ति स्वतन्त्रता र विना हतियार भेला हुन पाउने अधिकारको उपयोग गर्दा सरकारले पक्राउ गरी झुटा मुद्धा लगाएको भन्दै सरकार प्रतिसोधका रुपमा प्रस्तुत भइरहेको बताएका हुन्।
सबैको बयान सकिएको अवस्थामा पनि वर्तमान सरकारले उनीहरुमाथि अनेकौं झुटा मुद्दा लगाउने दुष्प्रयास गरिरहेको र ४३ दिनदेखि थुनामा राखिरहेको उनले बताए। अध्यक्ष थापाले उक्त घटनामा पक्राउ गरेकालाई छिटो भन्दा छिटो रिहा गर्न माग गरे।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया