श्रावण १, २०८२ बिहिबार July 17, 2025

२०१० पछि फेरी रजनीकान्त बने एसियाकै सबैभन्दा बढी पारिश्रमिक लिने कलाकार

मनी कन्ट्रोलका अनुसार लोकेश कनागराजको बहुप्रतिक्षित फिल्म ‘कुली’ सबैभन्दा महँगो फिल्ममध्ये एक हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हैदारावाद, २७ बैशाख । रजनिकान्तले बलिउडदेखि साउथ सिनेमासम्म आफ्नो स्टारडम फैलाएका छन् ।

उनले धेरै दशक देखि भारतीय फिल्मी दुनियाँमा राज गर्दै आएका छन् र ७४ वर्षको उमेरमा पनि उनको आकर्षणमा अलिकति पनि कमी आएको देखिएको छैन । ‘जेलर’ र ‘वेट्टायन’ पछि उनी फेरि एक पटक ठूलो पर्दामा देखिदैँ छन् ।

यो फिल्मको लागि रजनीकान्तले कति पारिश्रमिक लिइरहेका छन्, तपाईलाई थाहा नहुन सक्छ, यो जानकारी पाए पछि तपाइ छक्क पर्नु हुनेछ । रजनीकान्तले सन् २०१० मा ‘रोबोट’ फिल्म गरेपछि उनी एसियाका नै महँगा अभिनेता मध्य एक बनेका थिए तर त्यसपछि आमिर खान उनीसँग प्रतिस्पर्धा गर्न आए र अमिरले पछि पारिदिए ।

तर, अहिले फेरी रजनीकान्तले इतिहास रचेका छन् । उनले ‘कुली’ का लागि यति ठूलो रकम लिएका छन् कि उनी एसियाकै सबैभन्दा महँगो अभिनेता बनेको दावी भारतीय मिडियाहरूले गरेका छन ।

मनी कन्ट्रोलका अनुसार लोकेश कनागराजको बहुप्रतिक्षित फिल्म ‘कुली’ सबैभन्दा महँगो फिल्ममध्ये एक हो । यो फिल्ममा निर्माताले जति पैसा खर्च गरिरहेका छन्, त्यसको आधाभन्दा बढी बजेट त रजनीकान्त एक्लैले लिइरहेका छन् । अभिनेताले यस फिल्मका लागि २६० देखि २८० करोड भारु लिइरहेका छन्, जुन आमिर खान र ज्याकी चेनभन्दा बढी हो ।

कलानिधि मारनले निर्माण गरिरहेको फिल्म ‘कुली’ को बजेट ४०० करोड रहेको छ, जसमध्ये रजनीकान्त एक्लैले २६० करोड रुपैयाँ पारिश्रमिक लिएका छन र उनले यसवाट केही नाफाको हिस्सा पनि पाउने छन् । निर्देशक लोकेश कनागराजले फिल्मका लागि ६० करोड भारु लिएका छन् भने अर्को मुख्य भूमिकामा देखिएका नागार्जुनले करिब ३५ करोड पारिश्रमिक लिएका छन् ।

फिल्ममा आमिर खानको पनि क्यामियो रहेको बताइएको छ। यसमा केही मिनेटको दृश्यका लागि पनि कलाकारले २५ देखि ३० करोड भारु लिएका छन ।

त्यसैगरी श्रुति हसन, सत्यराज र उपेन्द्र रावलाई पनि नबढाई बजार मूल्य अनुसारको शुल्क दिइएको छ । फिल्मको रिलिज मितिको बारेमा कुरा गर्दा कुली १४ अगस्ट २०२५ मा थिएटरहरूमा आउनेछ । हालै मात्रै यसको टिजर सार्वजनिक भएको थियो, जसले यो फिल्म ब्लकबस्टर हुने यसै अनुमान गर्न सक्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार