कार्तिक २९, २०८३ आइतबार November 15, 2026

‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण’ : ऊर्जामन्त्री खड्का

धार्मिक पर्यटनलाई जोड्दै पर्यटन प्रवर्द्धनमा धामले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।

काठमाडौँको नागार्जुन नगरपालिका-७ रामकोटमा नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको बद्रीनारायणधामको प्राण प्रतिष्ठा कार्यक्रममा आज सहभागी भएका मन्त्री खड्काले धार्मिक पर्यटनलाई जोड्दै पर्यटन प्रवर्द्धनमा धामले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

“हामी रोजगारीका कुरा गछौँ, आयआर्जनका कुरा गछौँ, सरकारले त्यसबाट राजस्वका लागि आश गर्छ, यो सबैका लागि पनि धार्मिक पर्यटनको विकास आवश्यक छ, जुन काम यस धामले गर्न सक्छ भन्ने विश्वास लिएका छौँ”, मन्त्री खड्काले भने । धार्मिक पर्यटकले राम कोट वरपरका व्यवसायहरू चलायमान हुनुका साथै धर्मको संरक्षणमा समेत धामले सहयोग पुर्‍याउने बताए ।

भोलिका दिनमा यस धाम दर्शनका लागि लाखौँ पर्यटक आउने भएकाले यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनुका साथै रोजगारीका अवसर सृजना भई आयआर्जन वृद्धि हुँदै जाने ऊर्जामन्त्री खड्काले विश्वास व्यक्त गरे । सबै समुदाय, वर्गबीच सहिष्णुता हुनुपर्नेमा जोड दिँदै उनले आफ्नो आस्था र विश्वास अनुसार पुण्यप्राप्तमा सबै लाग्नुपर्ने धारणा राखे । “हामी विभिन्न संस्कृति, धर्म र जातमा विभाजन भए पनि एकतामा बाँधिएका छौँ, यो हाम्रो साझा फूलबारी हो, यो मानवका लागि आफैँमा पुण्य कार्य हो”, उनले भने ।

मन्त्री खड्काले सुन्दर स्थानमा धाम निर्माण गर्ने, अहोरात्र खटिने सम्पूर्ण व्यक्तित्वत्वलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे । उनले धामको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन तथा समग्र विकासमा आफ्नो र सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष एवं प्रमुख संरक्षक दीनबन्धु पोखरेलले धामको भौतिक पूर्वाधार निर्माणमा सरकारको साथ र सहयोग आवश्यक रहेको बताए । उनले धामको संरक्षणका लागि तटबन्धनको आवश्यकता रहेको भन्दै सरकारलाई तटबन्धनका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार