बैसाख २२, २०८३ मंगलबार May 5, 2026

पि.सि.आर पोजिटिभ हुँदैमा सबैलाई अस्पतालमा राख्नुपर्दैन – डा. सागरकुमार राजभण्डारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पि.सि.आर टेस्ट भईरहेको छ ? घरघरमा भईरहेको छ कि अस्पतालमा भईरहेको छ ?

पि.सि.आर टेस्ट सुरुको दिनदेखि आज ५-६ महिना भईसक्यो हामीले गरिराखेका छौँ ।

अब ठुलाठुला पहुँचवाला घरघरमा पुग्नुभएको रहेछ नि ?

जुन अस्पतालको मैले प्रतिनिधित्व गरिरहेको छु, त्यो गरिबहरूको अस्पताल हो, शुक्रराज ट्रपिकल अस्पताल जुन सबैले हेला गरेको अस्पताल हो । अहिले हजारौँ दिन त्यहाँ मान्छेहरू लाइनमा बसिरहनुभएको छ ।

तपाईले घरघरमा गएर ठुलाठुलालाई किन टेस्ट गरिरहनुभएको छ ?

विहान काम गरेर बेलुका के खाऊँ भन्ने मान्छेहरू मकहाँ आउँछन् । त्यस्ता मान्छेहरूलाई मेरो अस्पतालमा टेस्ट हुन्छ । अन्य कसैको घरमा, अफिसमा मेरो संस्थाबाट कुनै पनि हालतमा हुँदैन । त्यो सायद अन्य ठाउँहरूबाट होला, त्यो उहाँहरूलाई नै सोध्नुपर्ने हुन्छ ।

टेकुबाट भएको छैन त्यस्तो ?

टेकु अस्पतालबाट कतै कही पनि जाँदैनन् । सबैजना लाइनमा बस्नुपर्ने हुन्छ । उहाँहरूलाई चिकित्सकले लेखिसकेपछि मात्र बल्ल टेस्ट हुन्छ । मकहाँबाट कही कतै कोही पनि जाँदैन ।

तर धेरै भी.आइ.पी. को साथमा परीक्षणको लागि दबाब छ, घरघरमा पुगेर गर्नुपर्छ भनेर ?

दबाब कस्तो भने यो अवस्थामा कतिपय ठाउँहरूमा कम्युनिटि ट्रान्समिशन भएको देखिन्छ । एउटै अफिसको परिसरभित्र थुप्रै मान्छेहरू संक्रमित भएको देखिएको छ । अफिस व्यवस्थापनले अनुरोध गर्ने भनेको रोग नियन्त्रण महाशाखालाई हो । त्यहाँको टिमलाई धेरैभन्दा धेरै मान्छेहरू लाइनमा नआओस्, अस्पतालभित्र नजाओस्, संक्रमणको जोखिममा नपरोस् भनेर उहाँहरूलाई कुनै निश्चित ठाउँमा अफिसहरूमा राखेर गरिएको छ । धेरैलाई संक्रमणबाट जोगाउन व्यवस्थापन गर्न सजिलो होस् भनेर गरिएको हो । यो भनेको रोग नियन्त्रण महाशाखाले समन्वय गरेर गर्ने कुरा हो ।

प्रत्येक दिन परीक्षणको संख्या बढिरहेको छ । तपाईहरू दिनमा कति जनालाई परीक्षण गरिरहनुभएको छ ?

प्रत्येक दिनमा हाम्रोमा ७०० देखि १००० जना मान्छेहरू जम्मा भईरहेका हुन्छन् । त्यसमा ८० प्रतिशत संक्रमित क्षेत्रबाट आएकाहरू अहिले पनि हुनुहुन्छ । हामीले प्रत्येक दिन ५०० जनाको स्वाबको संकलन गरेका छौँ । संकलन गरेको २४ घण्टाभित्र सबैलाई हामीले रिपोर्ट दिइरहेका छौँ । त्यहाँ जाँदाखेरि कसैले पैसा तिर्नुपर्दैन । ३० रुपियाँ दर्ता शुल्क मात्र तिर्ने हो । आजसम्म टेकु अस्पतालले जसरी जनताको विश्वास जितेको छ, यही मात्र एउटा अस्पताल हो, जसले गरिबको लागि हेर्छ । क्वालिटि रिपोर्ट दिन्छ । त्यो विश्वास जित्न सफल भएको हुनाले धेरै जनता टेकुमा आइरहेका छन् । उहाँहरूलाई सेवा गर्नु हाम्रो धर्म पनि हो ।

राजधानीमा नै आइसोलेसन बेडको अभाव छ । कसरी तपाईहरू उपचार गरिरहनुभएको छ, विरामीहरूको ?

पि.सि.आर पोजिटिभ हुँदैमा सबैलाई अस्पतालमा राख्नुपर्छ भन्ने छैन । विश्वको थुप्रै देशमा यस्तै चलिरहेको छ । काठमाडौँका अस्पतालमा पनि बेडको अभाव पक्कै पनि छ । कसैलाई डेडिकेटेड अस्पतालमा राख्नुपर्ने हुन्छ । जसको समस्या छैन, उहाँहरूलाई होम क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । एकदम स्ट्रिक्ट रेगुलेशन छ, रेगुलेशन मान्नेहरूलाई मात्र राख्नुपर्छ । पार्टी प्यालेसलाई आइसोलेसन सेन्टर बनाउन सकिन्छ । यो त एकदमै उपयुक्त समय हो । त्यो ठाउँमा कमसे कम संक्रमितहरूलाई १०/१५ दिनसम्म राखेर व्यवस्थापन गर्ने र त्यहाँ बसेका व्यक्तिहरूलाई जसलाई समस्या पर्छ, त्यस व्यक्तिहरूलाई मात्र अस्पतालमा लैजानुपर्छ । यसरी नयाँ ढंगबाट गइयो भने कोभिड १९ को व्यवस्थापन राम्रोसँग गर्न सक्छौँ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सार्वजनिक खरिद प्रक्रिया सहज
२०८३ बैसाख २२, मंगलबार
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : आगामी साउनदेखि खुल्ने
२०८३ बैसाख २२, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल
२०८३ बैसाख २२, मंगलबार
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार