वैशाख २४, २०८१ सोमबार May 6, 2024

पि.सि.आर पोजिटिभ हुँदैमा सबैलाई अस्पतालमा राख्नुपर्दैन – डा. सागरकुमार राजभण्डारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पि.सि.आर टेस्ट भईरहेको छ ? घरघरमा भईरहेको छ कि अस्पतालमा भईरहेको छ ?

पि.सि.आर टेस्ट सुरुको दिनदेखि आज ५-६ महिना भईसक्यो हामीले गरिराखेका छौँ ।

अब ठुलाठुला पहुँचवाला घरघरमा पुग्नुभएको रहेछ नि ?

जुन अस्पतालको मैले प्रतिनिधित्व गरिरहेको छु, त्यो गरिबहरूको अस्पताल हो, शुक्रराज ट्रपिकल अस्पताल जुन सबैले हेला गरेको अस्पताल हो । अहिले हजारौँ दिन त्यहाँ मान्छेहरू लाइनमा बसिरहनुभएको छ ।

तपाईले घरघरमा गएर ठुलाठुलालाई किन टेस्ट गरिरहनुभएको छ ?

विहान काम गरेर बेलुका के खाऊँ भन्ने मान्छेहरू मकहाँ आउँछन् । त्यस्ता मान्छेहरूलाई मेरो अस्पतालमा टेस्ट हुन्छ । अन्य कसैको घरमा, अफिसमा मेरो संस्थाबाट कुनै पनि हालतमा हुँदैन । त्यो सायद अन्य ठाउँहरूबाट होला, त्यो उहाँहरूलाई नै सोध्नुपर्ने हुन्छ ।

टेकुबाट भएको छैन त्यस्तो ?

टेकु अस्पतालबाट कतै कही पनि जाँदैनन् । सबैजना लाइनमा बस्नुपर्ने हुन्छ । उहाँहरूलाई चिकित्सकले लेखिसकेपछि मात्र बल्ल टेस्ट हुन्छ । मकहाँबाट कही कतै कोही पनि जाँदैन ।

तर धेरै भी.आइ.पी. को साथमा परीक्षणको लागि दबाब छ, घरघरमा पुगेर गर्नुपर्छ भनेर ?

दबाब कस्तो भने यो अवस्थामा कतिपय ठाउँहरूमा कम्युनिटि ट्रान्समिशन भएको देखिन्छ । एउटै अफिसको परिसरभित्र थुप्रै मान्छेहरू संक्रमित भएको देखिएको छ । अफिस व्यवस्थापनले अनुरोध गर्ने भनेको रोग नियन्त्रण महाशाखालाई हो । त्यहाँको टिमलाई धेरैभन्दा धेरै मान्छेहरू लाइनमा नआओस्, अस्पतालभित्र नजाओस्, संक्रमणको जोखिममा नपरोस् भनेर उहाँहरूलाई कुनै निश्चित ठाउँमा अफिसहरूमा राखेर गरिएको छ । धेरैलाई संक्रमणबाट जोगाउन व्यवस्थापन गर्न सजिलो होस् भनेर गरिएको हो । यो भनेको रोग नियन्त्रण महाशाखाले समन्वय गरेर गर्ने कुरा हो ।

प्रत्येक दिन परीक्षणको संख्या बढिरहेको छ । तपाईहरू दिनमा कति जनालाई परीक्षण गरिरहनुभएको छ ?

प्रत्येक दिनमा हाम्रोमा ७०० देखि १००० जना मान्छेहरू जम्मा भईरहेका हुन्छन् । त्यसमा ८० प्रतिशत संक्रमित क्षेत्रबाट आएकाहरू अहिले पनि हुनुहुन्छ । हामीले प्रत्येक दिन ५०० जनाको स्वाबको संकलन गरेका छौँ । संकलन गरेको २४ घण्टाभित्र सबैलाई हामीले रिपोर्ट दिइरहेका छौँ । त्यहाँ जाँदाखेरि कसैले पैसा तिर्नुपर्दैन । ३० रुपियाँ दर्ता शुल्क मात्र तिर्ने हो । आजसम्म टेकु अस्पतालले जसरी जनताको विश्वास जितेको छ, यही मात्र एउटा अस्पताल हो, जसले गरिबको लागि हेर्छ । क्वालिटि रिपोर्ट दिन्छ । त्यो विश्वास जित्न सफल भएको हुनाले धेरै जनता टेकुमा आइरहेका छन् । उहाँहरूलाई सेवा गर्नु हाम्रो धर्म पनि हो ।

राजधानीमा नै आइसोलेसन बेडको अभाव छ । कसरी तपाईहरू उपचार गरिरहनुभएको छ, विरामीहरूको ?

पि.सि.आर पोजिटिभ हुँदैमा सबैलाई अस्पतालमा राख्नुपर्छ भन्ने छैन । विश्वको थुप्रै देशमा यस्तै चलिरहेको छ । काठमाडौँका अस्पतालमा पनि बेडको अभाव पक्कै पनि छ । कसैलाई डेडिकेटेड अस्पतालमा राख्नुपर्ने हुन्छ । जसको समस्या छैन, उहाँहरूलाई होम क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । एकदम स्ट्रिक्ट रेगुलेशन छ, रेगुलेशन मान्नेहरूलाई मात्र राख्नुपर्छ । पार्टी प्यालेसलाई आइसोलेसन सेन्टर बनाउन सकिन्छ । यो त एकदमै उपयुक्त समय हो । त्यो ठाउँमा कमसे कम संक्रमितहरूलाई १०/१५ दिनसम्म राखेर व्यवस्थापन गर्ने र त्यहाँ बसेका व्यक्तिहरूलाई जसलाई समस्या पर्छ, त्यस व्यक्तिहरूलाई मात्र अस्पतालमा लैजानुपर्छ । यसरी नयाँ ढंगबाट गइयो भने कोभिड १९ को व्यवस्थापन राम्रोसँग गर्न सक्छौँ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार