असार १, २०८२ आइतबार June 15, 2025

२८औं स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाको पोल्टामा

इस्पानियोललाई २–० ले हराउँदै बार्सिलोना च्याम्पिएन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बार्सिलोनाले २८औं स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराति भएको खेलमा इस्पानियोललाई २–० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनाको जीतमा खेलको ५३ औं मिनेटमा १७ वर्षीय लामिन यमालले  र इन्जुरी समयमा यमालकै पासमा फरमिन लोपेजले गोल गरे ।

अङ्क तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३६ खेलमा ८५  अङ्क भएको छ । दोस्रो स्थानको रियल म्याड्रिडको समान खेलमा ७८ अङ्क हुँदा तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७० अङ्क रहेको छ ।

बार्सिलोनाले यो सिजनमा कोपा डेल रे कप र स्पेनिस सुपर कपको उपाधि पनि जितिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया