माघ ९, २०८२ शुक्रबार January 23, 2026

नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश

नेपालले सुपर–३ मा बलिया टोली युएई र थाइल्यान्डको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २ जेठ । नेपाल आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ ।

हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर–३ मा प्रवेश गरेको हाे ।

समूह ‘सी’ मा हङकङसँग समान पाँच अंक भए पनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो ।आइसिसीको नियम अनुसार अनुसार डबल राउन्ड रोबिन लिग पछि शीर्ष दुई टोली टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान थियो ।

नेपालको चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन भएकाे थियाे । हङकङको समान खेलमा एक जित र तीन नतिजाविहीन भएकाे थियाे ।

शुक्रबार विजयी भएको अवस्थामा हङकङ नै ६ अंकसहित समूह विजेता बनेर अघि बढ्ने थियो । तर वर्षा बाधक बन्दा हङकङ बाहिरियो । प्रतियोगितामा तीन समूहका शीर्ष टोली सुपर–३ मा पुगेका हुन् ।

नेपालले सुपर–३ मा बलिया टोली युएई र थाइल्यान्डको सामना गर्नेछ । सुपर–३ मा एकअर्कासँग खेलेपश्चात शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एउटै पालिकाबाट छ जना उम्मेदवार : महिला शून्य
२०८२ माघ ९, शुक्रबार
रास्वपा उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
२०८२ माघ ९, शुक्रबार
पोखरामा आजदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु हुँदै
२०८२ माघ ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ माघ ९, शुक्रबार
माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै
२०८२ माघ ९, शुक्रबार
सरस्वती माताको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ माघ ९, शुक्रबार
निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने
२०८२ माघ ९, शुक्रबार