श्रावण १, २०८२ बिहिबार July 17, 2025

पिके र थ्रि इडियट पछि हिरानी र आमिर बिच तेस्रो सहकार्य हुने

सुपरस्टार आमिर खान र निर्देशक राजकुमार हिरानी दादासाहेब फाल्केको बायोपिकमा पुनः एकपटक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हैदारबाद, २ जेठ । तेलुगु सुपरस्टार जुनियर एनटीआर भारतीय सिनेमाका पिता दादासाहेब फाल्केको ‘मेड इन इण्डिया’ नामक चलचित्रमा आबद्द भएको भोलीपल्ट अर्को खबर आएको छ ।

सो खबर बाहिरिएको एक दिनपछि अब बलिउडका सुपरस्टार आमिर खान र निर्देशक राजकुमार हिरानी दादासाहेब फाल्केको बायोपिकमा पुनः एकपटक सँगै हुने भएका छन् ।

यसअघि थ्रि इडियट्स र पिकेमा सँगै काम गरेका आमिर खान र हिरानी तेस्रो सहकार्यका तयार भएका छन । यो ‘सितारे जमीं पर’ पछिको यो आमिर खानको अर्को प्रोजेक्ट हुनेछ, जुन फिल्म २० जुनमा रिलिज हुदैँछ ।

दादा साहेब फाल्केको जीवनीमा आधारित फिल्मको सुटिङ अक्टोबर २०२५ मा सुरु हुने बताइएको छ । आमिरले ‘सितारे जंमी पर’ रिलिज भएपछि यसको तयारी सुरु गर्नेछन्।

भारतको स्वतन्त्रता संग्रामको पृष्ठभूमिमा आधारित यो फिल्मले भारतीय सिनेमाको जग बसाल्ने व्यक्तिको असाधारण यात्रालाई चित्रण गर्ने जनाइएको  छ।

खासमा यो फिल्मका लागि बिगत ४ वर्षदेखि स्क्रिप्टको काम भइरहेको थियो र अहिले यसको स्क्रिप्टको काम सकिएको छ । र त यो अब छिट्टै प्रि प्रोडेक्सन र सुटिङमा जाने तयारी अवस्थामा रहेको छ। यो परियोजनामा ​​लस एन्जलसको एक भिएफएक्स स्टुडियो पनि सहभागी हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार