वैशाख २४, २०८१ सोमबार May 6, 2024

विगतभन्दा यो वर्ष अपराध कम भएको छ : कुवेर कडायत प्रवक्ता नेपाल प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोनाको संक्रमणको कुरा गर्दाखेरि अहिलेसम्म तपाईको संगठनका कति जनालाई भयो ?

आजका मितिसम्म उपचारार्थ ३८० जना र निको भएको २४० छन् ।

डि.आई.जीलाई पनि भयो २ जनालाई ?

भएको छ । उपचारार्थ हुनुहुन्छ ।

कस्तो छ अवस्था उहाँहरूको ?

सबैको नर्मल छ । कुनै पनि समस्या छैन ।

सुुरक्षाकर्मीलाई संक्रमण बढ्नुको कारण के हो ? तपाईहरूले अनुसन्धान, समीक्षा गर्नुभएको छ ?

मैले ठ्याक्कै यो कारण भनेर भन्न सक्दिनँ । फ्रन्टलाइनमा काम गर्ने हरेकसँग आमनेसामने हुनसक्छ । त्यसैले यही हो भनेर कारण नै दिन गार्हो छ ।

मास्क नलगाएका मानिसहरू सडकमा जताततै हिँडिरहेका छन्, तपाईहरूले त्यता किन ध्यान दिनुभएन ?

मास्क नलगाएका २२-२३ लाख मान्छेहरूलाई कारबाही गरेको छ । सरकारले पनि हरेक रेडियोदेखि लिएर टि.भि. सम्म सञ्चारका माध्यमलाई प्रयोग गरेर चेतनामूलक सन्देश दिएको छ । प्रहरीले पनि चेतनामूलक सन्देश दिनुका साथसाथै कारबाही पनि गरेको छ ।

सभा, सेमिनार, भोजभत्तेर नगर्नुस् भन्ने छ । तर जताततै भईरहेको छ ?

भोजभत्तेर त गर्नै पाइँदैन । हिँडडुल बन्दै भनेर पूर्ण रूपले लकडाउन गरेको छैन । सकेसम्म काम पर्दाबाहेक अनावश्यक मुभमेन्ट नबढाऔँ भन्ने हिसाबले जाने हो । हाम्रो अनुरोध पनि त्यही हो ।

तर पनि भीडभाड त भईरहेको छ । असनको अवस्था कस्तो छ ?

महामारीको लडाँइ अरू अपराध अनुसन्धानको क्रियाकलाप जस्तो होइन यो । यो त संयुक्त लडाँइ हो । यो हरेक व्यक्तिले लड्नुपर्ने लडाँइ हो । त्यसो हुनाले पसलमा घुँइचो नगर्नुहोस् भनेर हामीले भन्ने हो । त्यो भएपछि यसमा डिस्टान्स मेन्टेन गरिदिनुस् भनिदिने हो । स्थानीय निकाय, उद्योग वाणिज्य महासंघ, व्यापार संघ सबैको लडाँइ हो ।

पछिल्लो समयमा नाकाहरूमा तपाईहरूले कडाँइ गर्न सक्नुभएन ? किन ?

नाकाहरूमा पूर्ण कडाँइ छ ।

गाडीहरू गईरहेका छन्, आइरहेका छन्, आवातजावत भईरहेको छ ?

एम्बुलेन्स आउनुपर्यो । जो पास इस्यु भएको छ, त्योबाहेक त अरू आउनै पाउँदैन ।

एम्बुलेन्समा पनि मान्छेहरू बसेर आइरहेका छन् नि ? त्यसमा तपाईहरुको निगरानी छ ?

त्यस्तालाई कारबाही गरिएको छ । मान्छे ओसार्ने एम्बुलेन्स पनि हुनसक्छ ।

सुरक्षाकर्मीको अवस्था कस्तो छ, जम्मा देशैभरिको ?

देशैभरिको नेपाल प्रहरीको सबै दर्जाका प्रहरीहरू उच्च मनोबलका साथ आफ्नो कामहरू अगाडि बढाइरहेका छन् । बाढी/पहिरो र कोरोनाको महामारीमा प्रहरीले आफ्नो सक्रियता देखाइरहेको छ ।

सिन्धुपाल्चोकमा बाढी/पहिरोबाट त्यहाँका जनताले धेरै समस्या भोगिरहेका छन् ? उद्धार हुन सकेन ?

उद्धार भईरहेको छ । त्यो कति सम्भव छ, हर प्रयास भईरहेको छ ।

अझै पनि त्यहाँ २० परिवार बेपत्ता छन् ?

राति ७ बजेसम्म सुरक्षाकर्मीहरूले खोजतलास गरिराखेका छन् । आफ्नो स्रोत जे छ, सबैको प्रयोग गरेर म्यानपावरहरू लागिरहेका छन् ।

तपाईहरूको सरुवा, बढुवा पनि रोकियो होइन ?

सरुवा, बढुवा आफ्नो प्रक्रियामा जाने कुरा हो । यो नियमित प्रक्रिया हो । आफ्नो प्रक्रिया चलिरहन्छ । त्यसले केही असर गर्दैन । अहिले मुभमेन्टको कारणले कहिलेकाही आउन जान कठिनाइ होला भनेर मात्रै हो । त्यसले हाम्रो काम, क्रियाकलापहरूमा खासै असर गर्दैन ।

तरपनि कतिपय सुरक्षाकर्मीहरूले सरुवा, बढुवा भएन भनेर जनगुनासो गरिरहेका छन् ?

त्यो गुनासो सम्बोधन हुन्छ । खासै त्यस्तो ठुलो समस्या आउँदैन ।

अपराधीहरूलाई संरक्षण गरेको कुराहरू पनि आएको छ । नेपाल प्रहरीकै मान्छेहरू अपराधमा संलग्न भएको कुरा पनि आएको छ । त्यतातिर तपाईहरूको ध्यान गएको छ ?

नेपाल प्रहरीको कुनै पनि सदस्य त्यस्तो अपराधमा संलग्न भयो भने त्यो कानुन बमोजिम कारबाही भएको छ । विशुद्ध नेपाल प्रहरी भनेको नागरिकको सेवामा समर्पित संस्था हो ।

अपराधको अवस्था के छ अहिले, लकडाउन, कारोनाको बेलामा ?

अपराध ठ्याम्मै रोकिएको भन्ने त होइन । कुनै आपराधिक क्रियाकलापहरू कुनै ठाउँविशेषमा कम भएका होलान् । कुनै अलिकति बेशी छ । लकडाउनभन्दा अगाडिको विगत २/३ वर्ष अगाडि हेर्दाखेरि यो वर्ष केही कम देखिन्छ ।

त्यसोभए अपराध रोकिएको छ, घटेको छ, ग्राफमा जाँदाखेरि ?

विगत ३/४ वर्षलाई अध्ययन गर्दा यो वर्ष गत आर्थिक वर्षभन्दा अलिकति थोरै कम भएको देखिन्छ । कुनै कुनै स्थितिमा क्लास तलमाथि हुन्छ नै ।

नेपाल प्रहरीले अनुसन्धान गर्दाखेरि आग्रह, पूर्वाग्रहभन्दा त माथि उठ्न प¥यो नि ?

नेपाल प्रहरी सधैँ अनुसन्धान र शान्ति सुरक्षाको क्रियाकलापमा कुनै पनि किसिमको सम्झौता हुँदैन, गर्दैन पनि । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार