बैसाख २२, २०८३ मंगलबार May 5, 2026

विगतभन्दा यो वर्ष अपराध कम भएको छ : कुवेर कडायत प्रवक्ता नेपाल प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोरोनाको संक्रमणको कुरा गर्दाखेरि अहिलेसम्म तपाईको संगठनका कति जनालाई भयो ?

आजका मितिसम्म उपचारार्थ ३८० जना र निको भएको २४० छन् ।

डि.आई.जीलाई पनि भयो २ जनालाई ?

भएको छ । उपचारार्थ हुनुहुन्छ ।

कस्तो छ अवस्था उहाँहरूको ?

सबैको नर्मल छ । कुनै पनि समस्या छैन ।

सुुरक्षाकर्मीलाई संक्रमण बढ्नुको कारण के हो ? तपाईहरूले अनुसन्धान, समीक्षा गर्नुभएको छ ?

मैले ठ्याक्कै यो कारण भनेर भन्न सक्दिनँ । फ्रन्टलाइनमा काम गर्ने हरेकसँग आमनेसामने हुनसक्छ । त्यसैले यही हो भनेर कारण नै दिन गार्हो छ ।

मास्क नलगाएका मानिसहरू सडकमा जताततै हिँडिरहेका छन्, तपाईहरूले त्यता किन ध्यान दिनुभएन ?

मास्क नलगाएका २२-२३ लाख मान्छेहरूलाई कारबाही गरेको छ । सरकारले पनि हरेक रेडियोदेखि लिएर टि.भि. सम्म सञ्चारका माध्यमलाई प्रयोग गरेर चेतनामूलक सन्देश दिएको छ । प्रहरीले पनि चेतनामूलक सन्देश दिनुका साथसाथै कारबाही पनि गरेको छ ।

सभा, सेमिनार, भोजभत्तेर नगर्नुस् भन्ने छ । तर जताततै भईरहेको छ ?

भोजभत्तेर त गर्नै पाइँदैन । हिँडडुल बन्दै भनेर पूर्ण रूपले लकडाउन गरेको छैन । सकेसम्म काम पर्दाबाहेक अनावश्यक मुभमेन्ट नबढाऔँ भन्ने हिसाबले जाने हो । हाम्रो अनुरोध पनि त्यही हो ।

तर पनि भीडभाड त भईरहेको छ । असनको अवस्था कस्तो छ ?

महामारीको लडाँइ अरू अपराध अनुसन्धानको क्रियाकलाप जस्तो होइन यो । यो त संयुक्त लडाँइ हो । यो हरेक व्यक्तिले लड्नुपर्ने लडाँइ हो । त्यसो हुनाले पसलमा घुँइचो नगर्नुहोस् भनेर हामीले भन्ने हो । त्यो भएपछि यसमा डिस्टान्स मेन्टेन गरिदिनुस् भनिदिने हो । स्थानीय निकाय, उद्योग वाणिज्य महासंघ, व्यापार संघ सबैको लडाँइ हो ।

पछिल्लो समयमा नाकाहरूमा तपाईहरूले कडाँइ गर्न सक्नुभएन ? किन ?

नाकाहरूमा पूर्ण कडाँइ छ ।

गाडीहरू गईरहेका छन्, आइरहेका छन्, आवातजावत भईरहेको छ ?

एम्बुलेन्स आउनुपर्यो । जो पास इस्यु भएको छ, त्योबाहेक त अरू आउनै पाउँदैन ।

एम्बुलेन्समा पनि मान्छेहरू बसेर आइरहेका छन् नि ? त्यसमा तपाईहरुको निगरानी छ ?

त्यस्तालाई कारबाही गरिएको छ । मान्छे ओसार्ने एम्बुलेन्स पनि हुनसक्छ ।

सुरक्षाकर्मीको अवस्था कस्तो छ, जम्मा देशैभरिको ?

देशैभरिको नेपाल प्रहरीको सबै दर्जाका प्रहरीहरू उच्च मनोबलका साथ आफ्नो कामहरू अगाडि बढाइरहेका छन् । बाढी/पहिरो र कोरोनाको महामारीमा प्रहरीले आफ्नो सक्रियता देखाइरहेको छ ।

सिन्धुपाल्चोकमा बाढी/पहिरोबाट त्यहाँका जनताले धेरै समस्या भोगिरहेका छन् ? उद्धार हुन सकेन ?

उद्धार भईरहेको छ । त्यो कति सम्भव छ, हर प्रयास भईरहेको छ ।

अझै पनि त्यहाँ २० परिवार बेपत्ता छन् ?

राति ७ बजेसम्म सुरक्षाकर्मीहरूले खोजतलास गरिराखेका छन् । आफ्नो स्रोत जे छ, सबैको प्रयोग गरेर म्यानपावरहरू लागिरहेका छन् ।

तपाईहरूको सरुवा, बढुवा पनि रोकियो होइन ?

सरुवा, बढुवा आफ्नो प्रक्रियामा जाने कुरा हो । यो नियमित प्रक्रिया हो । आफ्नो प्रक्रिया चलिरहन्छ । त्यसले केही असर गर्दैन । अहिले मुभमेन्टको कारणले कहिलेकाही आउन जान कठिनाइ होला भनेर मात्रै हो । त्यसले हाम्रो काम, क्रियाकलापहरूमा खासै असर गर्दैन ।

तरपनि कतिपय सुरक्षाकर्मीहरूले सरुवा, बढुवा भएन भनेर जनगुनासो गरिरहेका छन् ?

त्यो गुनासो सम्बोधन हुन्छ । खासै त्यस्तो ठुलो समस्या आउँदैन ।

अपराधीहरूलाई संरक्षण गरेको कुराहरू पनि आएको छ । नेपाल प्रहरीकै मान्छेहरू अपराधमा संलग्न भएको कुरा पनि आएको छ । त्यतातिर तपाईहरूको ध्यान गएको छ ?

नेपाल प्रहरीको कुनै पनि सदस्य त्यस्तो अपराधमा संलग्न भयो भने त्यो कानुन बमोजिम कारबाही भएको छ । विशुद्ध नेपाल प्रहरी भनेको नागरिकको सेवामा समर्पित संस्था हो ।

अपराधको अवस्था के छ अहिले, लकडाउन, कारोनाको बेलामा ?

अपराध ठ्याम्मै रोकिएको भन्ने त होइन । कुनै आपराधिक क्रियाकलापहरू कुनै ठाउँविशेषमा कम भएका होलान् । कुनै अलिकति बेशी छ । लकडाउनभन्दा अगाडिको विगत २/३ वर्ष अगाडि हेर्दाखेरि यो वर्ष केही कम देखिन्छ ।

त्यसोभए अपराध रोकिएको छ, घटेको छ, ग्राफमा जाँदाखेरि ?

विगत ३/४ वर्षलाई अध्ययन गर्दा यो वर्ष गत आर्थिक वर्षभन्दा अलिकति थोरै कम भएको देखिन्छ । कुनै कुनै स्थितिमा क्लास तलमाथि हुन्छ नै ।

नेपाल प्रहरीले अनुसन्धान गर्दाखेरि आग्रह, पूर्वाग्रहभन्दा त माथि उठ्न प¥यो नि ?

नेपाल प्रहरी सधैँ अनुसन्धान र शान्ति सुरक्षाको क्रियाकलापमा कुनै पनि किसिमको सम्झौता हुँदैन, गर्दैन पनि । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सार्वजनिक खरिद प्रक्रिया सहज
२०८३ बैसाख २२, मंगलबार
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : आगामी साउनदेखि खुल्ने
२०८३ बैसाख २२, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल
२०८३ बैसाख २२, मंगलबार
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार