असार १, २०८२ आइतबार June 15, 2025

आईसीसी महिला टी–ट्वान्टी विश्वकप : नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

यदि, नेपालले जित हात पारे एक खेल अगावै ग्लोबल छनोटमा पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत सुपर थ्रीमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

थाईयाण्डमा जारी छनोटमा नेपाल ग्लोबल छनोटमा पुग्नबाट मात्रै एक जित टाढा छ । यदि, नेपालले आजको खेलमा यूएईलाई हराउन सके नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । यसअघि ग्लोबल छनोटमा पुग्न नसकेको नेपालसामु आज बिहान यूएईलाई हराएर अर्को चरणमा पुग्ने अवसर रहेको हो । नेपाल र यूएईबीच भएका पछिल्ला पाँच खेलमध्ये दुई खेल नेपालले जितेको छ एक खेल यूएईले जितेको छ ।

एउटा खेलमा नतिजा निस्कन सकेन भने अर्काे एक खेल रद्द भएको थियो ।एसिया क्षेत्र छनोटमा थाइल्याण्ड, यूएई र नेपाल आ–आफ्नो समूहको विजेता बनेर सुपर थ्रीमा पुगेका टिम हुन् । शीर्ष तीनबीच भइरहेको खेल अन्तर्गत आईतबार भएको यूएई र थाइल्याण्डबीचको खेलमा यूएई ५४ रनले पराजित भयो । आज यूएईले अन्तिम खेलमा नेपालको सामना गर्नेछ ।

यदि, नेपालले जित हात पारे एक खेल अगावै ग्लोबल छनोटमा पुग्नेछ । यसअघि भएको एसिया छनोटमा नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित बनेको थियो । नेपाल एसिया छनोटबाट बाहिरिँदा यूएई ग्लोबल छनोटमा पुगेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया