असार १, २०८२ आइतबार June 15, 2025

आपूर्ति शृङ्खला व्यवस्थापनले महँगी नियन्त्रणमा सहयोग पुगेको उद्योग मन्त्रीको दाबी

आपूर्ति शृङ्खलामा देखिएको विविध समस्या समाधान गर्न सहयोग गर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आपूर्ति शृङ्खलालाई थप व्यवस्थित बनाएर महँगी नियन्त्रण गरिरहेको बताएका छन् । मन्त्री भण्डारीले सुपथ मूल्यका पसल सञ्चालनले आपूर्ति शृङ्खलालाई थप व्यवस्थित गराएको दाबी गरे । जसले गर्दा महँगी नियन्त्रणमा सहयोग पुगेको बताएका छन् ।

सोमबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको उपभोक्ता सुरक्षाबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले गएको दशैंमा साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी)ले चिनीको आपूर्ति राम्रो गराएर सम्भावित अभाव हुन नदिएको बताए ।

मन्त्री भण्डारीले भने, ‘आपूर्ति शृङ्खला व्यवस्थित गर्न यो संस्थासँग नजिक भएर काम गर्ने कुरामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर यो छलफल गरिरहेका छौँ । सरकारको नीतिलाई कार्यान्वयन गर्ने महत्त्वपूर्ण व्यावसायिक संस्थाको रूपमा यसले काम गरिरहेको छ,’ उनले भने, ‘आपूर्ति शृङ्खलामा देखिएको विविध समस्या समाधान गर्न सहयोग गर्नेछौँ ।’

यस्तै उनले रैथाने बालीबाट उत्पादित वस्तुहरूको बजारीकरण गर्न साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी)ले महत्त्वपूर्ण योगदान दिएको बताए । अत्यावश्यक वस्तुको व्यापार र आपूर्तिमा एसटिसीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।

साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गरिरहेको नुनका कारण समस्या आइरहेको चर्चाबारे ध्यानाकर्षण भएको जनाएका छन् । मन्त्री भण्डारीले भने, ‘साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गरिरहेको नुनमा आवश्यक मात्रा भन्दा बढी आयोडिन भएका कारण आम उपभोक्तालाई थाइराइड जस्ता अनेक रोगहरू निम्त्याइएको छ भन्ने कुराहरू आइरहेको छ । यसको वास्तविकताबारे जनचेतना फैलाउन आवश्यक रहेको छ ।’

साल्ट ट्रेडिङ कर्पोरेसनको व्यावसायिक विश्वासनियतालाई अझ सुदृढ गर्नुपर्ने उनले बताए । साल्ट ट्रेडिङ कर्पोरेशनसँग सम्बन्धित कहीँ कतै समस्या भए त्यसलाई खुलस्तरुपमा छलफल गर्ने समेत मन्त्री भण्डारीको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया