मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

दोश्रो एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन

प्रतियोगिताको समापन कार्यक्रममा प्रतियोगिता सफल पार्न सहयोग गर्ने संघ–संस्था र व्यक्तिलाई सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ५ जेठ । दोश्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिताको उपाधि ढल्को तेक्वान्दो डोजाङले जितेको छ ।

टोखा नगरपालिकाको बसुन्धारास्थित हेराल्ड इन्टरनेसनल कलेजमा भएको प्रतियोगितामा ढल्को ७ स्वर्ण, ५ रजत र ३ कास्य जित्दै टिम च्याम्पियन बन्यो ।

आयोजक एसकेबिसी तेक्वान्दो क्लब ५ स्वर्ण, ३ रजत र १० कास्यसाथ दोश्रो भयो । तेश्रो स्थानको बालाजु तेक्वान्दो डोजाङले ४ स्वर्ण, ३ रजत र ६ कास्य पदक हात पा¥यो ।

प्रतियोगिताको पुरुषमा जैशीदेवल तेक्वान्दो डोजाङका रावलहाङ लिम्बू तथा महिलामा गोर्खाली तेक्वान्दो डोजाङकी प्रतिमा भुजेल उत्कृष्ट खेलाडी घोषित भए ।

एसकेबिसीका सुवास बोहरा उत्कृष्ट प्रशिक्षक चुनिए भने कुमार लावत उत्कृष्ट निर्णायक ठहरिए । उत्कृष्ट चारैलाई ओप्पो मोबाइल पुरस्कार स्वरुप प्रदान गरियो ।

विजेतालाई टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा गुरुङले प्रतियोगितालाई निरन्तरता दिन हरेक वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउदै खेलकुदमार्फत समाजलाई सकारात्मक दिशातर्फ डो¥याउन मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

टोखा नगरपालिकाको मुख्य प्रायोजन भएको प्रतियोगिताको समापन कार्यक्रममा प्रतियोगिता सफल पार्न सहयोग गर्ने संघ–संस्था र व्यक्तिलाई सम्मान पनि गरिएको थियो ।

एसकेबिसी तेक्वान्दो क्लबका मुख्य प्रशिक्षक तथा प्रतियोगिता संयोजक रञ्जित डंगौराका अनुसार प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट १८ डोजाङ तथा क्लबका गरी ५ सय सिनियर÷जुनियर खेलाडी सहभागी थिए । उनले च्याम्पियनसिपलाई प्रत्येक वर्ष नियमित रूपमा आयोजना गर्ने लक्ष्य रहेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार