काठमाण्डौंः स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को अध्यक्षमा कृष्णप्रसाद आचार्य चयन भएका छन् । उनी आगामी ३ वर्षका लागि आइतवार सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन भएका हुन् ।
वार्षिक साधारणसभाबाट इप्पानको नयाँ कार्य समिति चयन गरिनुपर्नेमा कोरोना महामारीका कारण त्यो सम्भव नभएपछि कुशकुमार जोशी संयोजकत्वको समन्वय समितिले सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन गर्ने निर्णय गरेको थियो ।
नयाँ कार्य समितिको उपाध्यक्षमा आशिष गर्ग, गणेश कार्की र मोहन डाँगी, महासचिवमा गोरे शेर्पा र सचिवमा भरतबहादुर खत्री, बलराम खतिवडा र रामप्रसाद आचार्य चयन भएका छन् । यस्तै, आनन्द चौधरीलाई कोषाध्यक्षमा चयन गरिएको छ । भने सदस्यहरूमा भरत खड्का, प्रकाश दुलाल, उत्तम ब्लोन र भरत लामिछाने थापा छन् । साथै महिला सदस्यमा कविता पोखरेल कँडेल र अभिज्ञा मल्ललाई चयन गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया