असार १, २०८२ आइतबार June 15, 2025

भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

सिंगापुरमा मे १ देखि मे १९ सम्म ३ हजार कोभिडका बिरामी भेटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारत, ६ जेठ ।  मुम्बईको केईएम अस्पतालमा सोमबार दुई जना कोभिड पोजिटिभ बिरामीको मृत्यु भएको छ।

तर, उनको मृत्यु कोभिडका कारण नभई दीर्घकालीन रोगका कारण भएको चिकित्सकहरुले बताएका छन् । एक बिरामीलाई मुखको क्यान्सर र अर्कोलाई मृगौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो। तर, उनीहरू थप कोभिड संक्रमित भने थिए ।

यसैबिच, एसियाको सिंगापुर, हङकङ, चीन र थाइल्याण्डमा कोरोनाभाइरसका केसहरू फेरि बढिरहेका छन्। यी देशहरूमा नयाँ केसहरूको संख्या बढ्दै गएको छ।

सिंगापुरमा मे १ देखि मे १९ सम्म ३ हजार कोभिडका बिरामी भेटिएका छन् । अप्रिलको अन्तिम सातासम्म यो संख्या ११ हजार १ सय थियो । यहाँ केसहरूमा २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।

उता, जनवरी देखि हङकङमा ८१ केसहरू सामुन्ने आएका छन्। जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ भने चीन र थाइल्याण्डमा पनि अलर्ट जारी गरिएको छ ।

यद्यपी यहाँ बिरामीको संख्याबारे भने केही जानकारी दिइएको छैन । भारतमा जनवरी १ देखि मे १९ सम्म २५७ केस रिपोर्ट गरिएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया