मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

युरोपा लिगको उपाधि टोटनहमले जित्यो

प्रिमियर लिगमा खराब प्रदर्शन गरेका प्रशिक्षक आन्ज पोस्टुकोग्लेलाई ठुलो राहत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लन्डन । युरोपा लिगको उपाधि टोटनहमले जितेको छ । टोटनहमले फाइनलमा प्रिमियर लिग प्रति द्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई १-० गोलले पराजित गरेको हो । योसँगै उसले १७ वर्षदेखिको उपाधि खडेरी पनि तोड्यो ।

बिल्बाओ स्थित साम मेम्स स्टेडियममा सुरूवातमा दुवै टिमले संघर्ष गरेका थिए । पहिलो हाफले गोलरहित बराबरीमा सकिने संकेत गर्दै थियो । तर, ४२औं मिनेटमा टोटनहमले डेडलक तोड्यो ।

उसका लागि वेल्स अन्तराष्ट्रिय ब्रेनन जनसनले गोल गरेका हुन् । सन २०१० यता युरोपा लिगको फाइनलमा गोल गर्ने उनी पहिलो वेल्स खेलाडी पनि हुन् । १-० गोलले पछि परेको युनाइटेडले ब्रेकपछि पनि पुनरागमन गर्न सकेन् ।

ब्रेननको गोलनै टोटनहमलाई ४१ वर्षपछि युरोपा च्याम्पियन बन्न पर्याप्त बन्यो । रास्मस होइलुन्डले बराबरी गोल फर्काउने मौका पाएपनि सफल भएनन् । इन्जुरी समयमा लुक सअको हेडर टोटेनहमका भिकारियोले उत्कृष्ट बचाउ गरेका थिए ।

टोटनहमले यसअघि २००८ मा लिग कप फाइनल जितेको थियो । यस्तै उसको १९८४ यताको यो पहिलो युरोपियन उपाधि हो । सो वेला च्याम्पियन बन्दाका केही खेलाडी बिल्बाओमा फाइनल हेर्न उपस्थित भएका थिए ।

यो सिजन टोटनहमले युनाइटेडविरुद्धका खेलेका तीनै खेलमा जित हात पार्यो । दश वर्षदेखि क्लबमा रहेका कप्तान सन हिउङ मिनको पनि करियरको यो पहिलो उपाधि हो ।

उनी युरोपियन उपाधि जिताउने दक्षिण कोरियाका पहिलो क्लब कप्तान हुन् । प्रिमियर लिगमा खराब प्रदर्शन गरेका प्रशिक्षक आन्ज पोस्टुकोग्लेलाई ठुलो राहत मिलेको छ । उनले दुई वर्षअघि अस्ट्रेलियाबाट एसियन कप जितेका थिए ।

यस्तै सेल्टिकलाई दुई पटक स्कटिस च्याम्पियन पनि बनाए । जितपछि टोटनहम अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनाेट भएको छ भने एक सय मिलियन पाउन्ड आर्थिक लाभ प्राप्त गर्नेछ ।

युनाइटेड भने २०१४-१५ को सिजनपछि पहिलो पटक युरोपियन प्रतिस्पर्धामा हुने छैन । रुवेन आमोरिमको टिमको १९७३-७४ पछि यो अहिलेसम्मकै खराब सिजन हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार