मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर

शिविरमा हाडजोर्नी तथा नशा, सामान्य चिकित्सा, बाल रोग, महिला तथा प्रसूति रोग, भिडियो एक्सरे, प्रयोगशाला र निःशुल्क औषधि वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बलेवा (बागलुङ), १० जेठ : यहाँको बरेङगाउँपालिका–३ बाटाकाचौरकी ८२ वर्षीया भागीरथी लुहारले बिहीबार गाउँमै विशेषज्ञ चिकित्सक भेट्नुभयो । पेट दुख्ने समस्या लिएर स्वास्थ्य चौकी पुग्नुभएकी उहाँलाई चिकित्सकले आवश्यक जाँचपछि औषधि दिनुभयो । परिवारको सहारामा स्वास्थ्य चौकी पुग्नुभएकी लुहार खुशी भएर घर फर्किनुभयो ।

सोही ठाउँकै ७० वर्षीया विष्णु थापा पनि बिहीबार बिहानैदेखि बाटाकाचौर स्वास्थ्य चौकीको प्राङ्गणमा लाममा बसेर कन्सल्टेन्ट फिजिसियन डा सन्दिप सापकोटासँग स्वास्थ्य जाँच गराउनुभयो । डाक्टरले औषधि लेखिदिएपछि औषधि वितरण कक्षबाट औषधि लिएर खुसी हुँदै घर फर्किनुभयो ।

स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा चिकित्सकहरु हेमन्त बाँस्तोला, सन्दिप सापकोटा, सन्दिप केसी, आशिष सापकोटालगायतले बिरामीको जाँच गर्नुभएको थियो । सन्तोष सुवेदीको नेतृत्वमा औषधि वितरण र आशिष शाक्यको नेतृत्वमा प्रयोगशाला सेवा सञ्चालन गरिएको थियो । शिविरमा बिरामीको भीड थियो ।

धौलागिरि प्रादेशिक अस्पताल बागलुङ र प्रादेशिक अस्पताल पर्वतका चिकित्सकहरुको विशेष उपस्थितिमा स्वास्थ्य चौकीमा विशेषज्ञ सेवा उपलब्ध शिविर बरेङ गाउँपालिकाले सञ्चालन गरेको हो । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको समन्वय, दुवै अस्पतालको प्राविधिक सहयोग र गाउँपालिका तथा वडा कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट चार सय बढी बिरामीले सेवा लिएका छन् ।

शिविरमा आउने अधिकांश बिरामी सुगर, प्रेसरलगायत समस्या लिएर आएको डा हेमन्त बाँस्तोलाले बताउनुभयो । शिविरमा हाडजोर्नी तथा नशा, सामान्य चिकित्सा, बाल रोग, महिला तथा प्रसूति रोग, भिडियो एक्सरे, प्रयोगशाला र निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरमा सहभागी अधिकांश ज्येष्ठ नागरिक, महिला तथा बालबालिका थिए । उनीहरुले गाउँमै प्रयोगशाला, भिडियो एक्सरेसहितको विषेशज्ञ सेवा लिए । गाउँबस्तीका सर्वसाधारणको स्वास्थ्यसम्बन्धी समस्या पहिचान गर्ने, सर्ने तथा नसर्ने रोगको पहिचान र निदान गाउँमै गर्ने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । केही समयअघि वडामा सञ्चालित शिविरमा विशेषज्ञ सेवा माग भएपछि शिविर आयोजना गरिएको वडाध्यक्ष शेरबहादुर खनालले बताउनुभयो ।

स्वास्थ्य शिविर उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार रहेको बताउनुभयो । उहाँले नागरिकको नजिक विषेशज्ञ सेवा पु¥याउने प्रदेश सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
२०८३ मंग्सिर ६, आइतबार
Prime Minister Shah Heads to India for Talks with Narendra Modi
२०८३ मंग्सिर ६, आइतबार
एसियन राइजिङ स्टार्स प्रतियोगिता : युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
२०८३ मंग्सिर ६, आइतबार
नेपाल खुला विश्वविद्यालयमा भर्ना खुल्यो, MBA का लागि २.५ CGPA अनिवार्य
२०८३ मंग्सिर ६, आइतबार
प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ
२०८३ मंग्सिर ६, आइतबार