मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आईपीएलः १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड

हाल आईपीएलको एक सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान अभिषेक शर्माको नाममा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १० बैशाख ।  २०२५ मा १४ वर्षीय वैभव सूर्यवंशीले क्रिकेट जगतमा हलचल मच्चाएका छन ।

राजस्थान रोयल्सका यी युवाले ७ म्याचमा २४ छक्का प्रहार गरेर आफ्नो प्रतिभा प्रमाणित मात्र गरेनन्, भविष्यमा आइपिएलको सबैभन्दा ठूलो कीर्तिमान पनि तोड्न सक्ने देखाएका थिए । यदि वैभवले लिग चरणका सबै १४ खेल खेल्न पाएको भए उनी पक्कै पनि सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा हुने थिए । र, एक सिजनमा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय ब्याट्सम्यानको कीर्तिमान पनि उनीसँग हुने थियो ।

खासमा आईपीएल २०२५ मा राजस्थान रोयल्सको प्रदर्शन निकै खराब रह्यो । १४ खेलमा ४ जितसहित ९औँ स्थानमा रहन बाध्य भयो । वैभव सूर्यवंशीले यीमध्ये ७ खेल मात्र खेल्न पाएका थिए तर यो अवधिमा उनले उत्कृष्ट प्रदर्शन गरेर दुनियाँलाई चकित बनाउन भने सफल भए ।

नेपालको छिमेकी राज्य बिहारको समस्तीपुर जिल्लाको ताजपुर गाउँमा जन्मेका वैभव सूर्यवंशीले १९ अप्रिल २०२५ मा लखनउ सुपर जायन्ट्स विरुद्ध आफ्नो आईपीएल डेब्यू गरेका थिए। उनले पहिलो बलमा छक्का प्रहार गरेर आफ्नो निडर ब्याटिङको प्रदर्शन क्षमता प्रस्तुत गरे। यसपछि उनले गुजरात टाइटन्स विरुद्ध पनि शतक बनाउन सफल । यो आईपीएलमा भारतीय ब्याट्सम्यानले बनाएको सबैभन्दा छिटो शतक पनि हो ।

आईपीएल २०२५ मा वैभवले ७ खेलमा २४ छक्का प्रहार गरेका थिए । यदि उनले लिग चरणका सबै १४ खेल खेलेको भए उनको छक्काको संख्या ४०–५० पुग्न सक्थ्यो भनिन्छ । जुन एक सिजनमा कुनै पनि भारतीयले सर्वाधिक छक्का प्रहार गर्ने नयाँ रेकर्ड बनाउन पर्याप्त थियो ।

हाल आईपीएलको एक सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान अभिषेक शर्माको नाममा रहेको छ, उनले गत वर्ष ४२ छक्का प्रहार गरेका थिए भने यो सिजनमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान निकोलस पुरान बनेका छन् । उनले हालसम्म ४० छक्का प्रहार गरिसकेका छन् ।

वैभव सूर्यवंशीले यी ७ खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ३६.०० को औसतमा २५२ रन बनाएका थिए । यस अवधिमा उनको स्ट्राइक रेट २०६.५५ थियो। उनी यो सिजन सर्वाधिक स्ट्राइक रेटमा रन बनाउने ब्याट्सम्यान पनि हुन् । यस सिजनमा वैभव सूर्यवंशीले शतकका साथै अर्धशतक पनि बनाएका छन् । योसँगै उनले १८ चौका पनि प्रहार गरेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार