मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा छौं : मन्त्री पौडेल

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने योजनामा छौँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोरङ, १० जेठः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमजनताले लोकतन्त्रको अनुभूति गर्नेगरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन आफू क्रियाशील रहेको बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका सन्दर्भमा मोरङको गणेशमानसिंह फाउण्डेशन, नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब अफ विराटनगरले धनपालथान गाउँपालिका–३ सोराभागमा आयोजना गरेको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य गरी आम नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अन्तरराष्ट्रिय अभ्यासअनुसार नागरिकको लगानीमा बिमामार्फत नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने स्थिति बनाउनुपर्छ भन्नुभयो । स्वास्थ्य मन्त्रालयले आगामी बजेटमा सम्पूर्ण सङ्गठित क्षेत्रलाई बिमामा जोड्ने प्रस्ताव गरेको जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा गएकाले श्रम गर्ने देशबाट नै सम्पूर्ण स्वास्थ्य उपचार पाउनुपर्ने, स्वास्थ्य कर र राज्यले दिएका सुविधा बिमामा जोडनु पर्ने प्रस्ताव पेस गरेको बताउनुभयो ।

प्रदेशसभा सदस्यत्रय अमृत अर्याल, डोल्मा तामाङ र गयानन्द मण्डलले धनपालथान गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पतालका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

फाउण्डेशनका अध्यक्ष फलकुमार लालवानी, धनपालथान पालिकाका अध्यक्ष जीवछ गच्छदार र शिव प्रधानले मोरङको दुर्गम क्षेत्रका जनताको सेवामा भविष्यमा पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आजै समापन हुने शिविरमा न्यूरो कार्डियो मल्टिस्पेशियलिटी हस्पिटलका चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मीले क्षयरोग, न्यूरो, हाडजोर्नी, ग्यास्ट्रोलोजी, स्त्री रोग, आँखा, चर्म, श्वासप्रश्वास, सेवा, रगत परीक्षण सेवा प्रदान गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार