वैशाख २४, २०८१ सोमबार May 6, 2024

कार्यदलमाथि उहाँहरूको विश्वास नहुँदो भने त यो गठन नै हुने थिएन – डा. भीम रावल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल कम्युनिष्ट पार्टीको कुरा गर्दाखेरि तपाँईहरू पार्टी कार्यालयमा बैठक राख्नुहुन्न ? विभिन्न विचौलियाहरू, उद्योगपति, ठेकेदारहरूको घरघरमा गएर किन बैठक राख्नुहुन्छ ?

हामी उद्योगपति र ठेकेदारहरूको घरमा बसेका छैनौँ । यो धेरै लामो समयपछि पार्टीभित्र विवाद भएको हुनाले महासचिवले हामीलाई बोलाउनुभएको कारणले हामी त्यहाँ गएका हौं । तर अब हाम्रो सबै बैठकहरू पार्टी कार्यालयमा हुनुपर्छ र अब हामी कार्यालयबाट गर्छौ भनेर सल्लाह गरिसकेका छौं ।

प्राधिकरणको सि.ई.ओ. सुशील ज्ञवालीको घरमा बैठक बसिरहनुभएको छ, तपाँईहरू ?

अब उहाँको घर हो भनेर हामीलाई थाहा पनि भएन । उहाँ कुनै ठेकेदार वा उद्योगपति हो भनेर पनि मलाई लाग्दैन । उहाँ त्यो कार्यालयमा आउनुभन्दा अगाडि पार्टीको निकट व्यक्ति नै हुनुहुन्थ्यो तर उहाँको घर हो भनेर हामीलाई थाहा थिएन । महासचिवले बोलाउनुभयो । हामीहरू गयौँ तर हामीले प्रारम्भिक सल्लाह नै के गरिसकेका छौँ भने यो धेरै लामो विवाद भएको हुनाले अहिले हामी यहाँ बसेको भएतापनि हाम्रो काम भनेको अब अर्को बैठक बस्ने काम पार्टी कार्यालयमा नै गर्नुपर्नेछ ।

भैसेंपार्टीमा नै वामदेव गौतम, विष्णु पौडेलको पनि सुविधासम्पन्न घर छ । तर ती घरहरूमा बैठक किन बसिएन ?

हामी महासचिवकै घरमा गएका थियौँ । उहाँको घरमा अहिले भौतिक दुरी कायम गर्नुपर्ने भएकोले र उहाँको व्यक्तिगत सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण देखिइसकेको हुनाले हामीले अलि फराकिलो ठाउँमा त्यहाँ नजिकै घरमा बसेका हौँ । हाम्रो कार्यदललाई अनुमोदन गरिसकेपछि हामीले पार्टी कार्यालयमा बैठक बस्ने कुरा गरिसकेका छौँ ।

यो कार्यदललाई कति अधिकार छ ? तपाईहरूले तयार पारेको प्रतिवेदनले नेताहरूलाई एकताबद्ध भएर अगाडि बढ्नको लागि विधि र प्रक्रियामा जान, मापदण्ड कायम राख्नको लागि कत्तिको सहयोग पुग्छ ?

स्वयम् अध्यक्षद्वयबाट प्रस्तावित, सचिवालयबाट अनुमोदित यो कार्यदलले दिने सुझावलाई प्रस्तुत गर्ने विभिन्न विकल्पहरूलाई तदानुरूप ग्रहण गर्छ भन्ने हाम्रो विश्वास छ । यदि हामी कार्यदलमाथि उहाँहरूको विश्वास नहुँदो भने त यो गठन नै हुने थिएन वा गठन गरेतापनि अनुमोदन हुन नदिने हो भने त्यो हुँदैन ।

स्थायी समितिको बैठक बस्छ अब ?

निसन्देह नै बस्छ ।

तर गार्हो छ, चुनौती, अप्ठ्यारो छ स्थायी समितिको बैठक राख्न । प्रधानमन्त्री तयार हुनुहुन्न अरे ?

कुनै पनि चुनौती छैन् । गार्हो छैन । मतभेद, अन्तरविरोध भएको समयमा त्यस्ता समस्याहरू आउने हुन् । जब पार्टीका अध्यक्षद्वय र सचिवालयले समेत ती समस्याहरू समाधान गर्ने भनिसकेपछि कार्यदलले धेरै मेहनत गरेर आफ्नो सुझाव र प्रतिवेदन प्रस्तुत गरिसकेपछि पार्टीका औपचारिक संयन्त्रहरू स्वभाविक रूपमा सक्रिय हुन्छन् । त्यसले आफ्नो भूमिका निर्वाह गर्छ ।

उसो भए कार्यदलले कहिलेसम्म रिपोर्ट दिन सक्छ ?

हामी यसमा विलम्ब गर्ने पक्षमा छैनौँ । हामी यथाशीघ्र आफ्नो सुझाव र प्रतिवेदन पेश गर्छौँ ।

सुझाव र प्रतिवेदनमा के–के हुनसक्छ ?

सुझाव र प्रतिवेदनमा के–के हुन्छ भन्ने कुरा सुझाव दिने कार्यदलले निर्णय नगरेर मैले मात्र भन्दा मिल्दैन । किनभने मैले त्यहाँ सम्पूर्णं अधिकारको उपयोग गर्ने पनि होइन । त्यसरी मैले भन्न पनि मिल्दैन । यो विषय अत्यन्त संवेदनशील छ । यो कुनै अरू सार्वजनिक विषय जस्तो पनि छैन । यो पार्टीको आन्तरिक मामिलाको विषय हो ।

के.पी. शर्मा ओली सफल हुनुभयो । उहाँको दुवै पद रहने भयो । प्रधानमन्त्रीमा पनि के.पी. शर्मा ओली ५ वर्ष, पार्टी अध्यक्षमा महाधिवेशन नहुञ्जेलसम्म । त्यसमा सहमति भएको हो नि त ? खुलस्त भनिदिनुहोस न ?

यी सबै कुराहरूमा स्थायी कमिटिले निर्णय गर्ला । यो कुनै व्यक्तिको सफलता, असफलतासँग हामी धेरै चिन्तित होइनौं । हामी चिन्तित हौँ, यो राष्ट्र, पार्टी, नेपाली जनताको सफलता, असफलतासँग । त्यसलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । हामी द्वन्द्ववादमा विश्वास राख्ने कम्युनिष्टहरू हौँ । मतभेद, अन्तरविरोध हुँदै हुँदैन भन्ने कुरा हुँदैन । मूलभूत रूपमा देश र जनताको सर्वोपरि हितलाई केन्द्रविन्दुमा राखेर हामी अगाडि बढ्छौँ । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार