असार १, २०८२ आइतबार June 15, 2025

इन्टरलाई एक अंकले पछि पार्दै नापोलीले जित्यो सिरी ’ए’को उपाधि

स्कट म्याकटोमिने र रोमेलु लुकाकुको गोलले घरेलु मैदानमा नापोलीलाई विजयी बनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः साविक विजेता इन्टर मिलानलाई एक अंकले पछि पार्दै नापोलीले इटालियन सिरी ’ए’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

नापोलीले शुक्रबार राति काग्लियारीलाई २–० ले पराजित गर्दै सेरी ’ए’ फुटबल लिगको उपाधि आफ्नो नाममा पारेको हो । स्कट म्याकटोमिने र रोमेलु लुकाकुको गोलले घरेलु मैदानमा नापोलीलाई विजयी बनायो ।

यससँगै नापोलीले तीन वर्षमा दोस्रो पटक तथा समग्रमा चौथो इटालियन लिगको उपाधि जितेको हो । उपाधिका लागि प्रमुख प्रतिद्वन्द्वी इन्टर मिलानले पनि कोमोलाई २–० ले हरायो । यसका बाबजुद इन्टर एक अंकले पछि परेको छ ।

नापोलीले उपाधि जितेपछि नेपाली समयअनुसार शनिबार बिहान डिएगो आर्मान्डो म्याराडोना रंगशाला धुवाँ, फ्लेयर र आतिशबाजीले उज्यालिएको थियो ।

नेपल्स शहरभरि विजयको खुसियाली छाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया