मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

यु-१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट : पाल्पामाथि कपिलवस्तुको सहज जित

प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रुपन्देही । रौनक श्रीवास्तवको शतकीय पारी र मलिक गद्दीको उत्कृष्ट बलिङको मद्दतमा भैरहवामा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कपिलवस्तुले पाल्पामाथि सहज जित हात पारेको छ । उसले पाल्पालाई १ सय ९१ रनले पराजित गर्दै जित निकालेको हो ।

शनिबार रुपन्देही जिल्लाको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ३५ ओभरमा ३४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर २ सय ३६ रनको बलियो योगफल बनाएको थियो । उसका लागि रौनक श्रीवास्तवले ८८ बलको सामना गर्दै १६ चौका र १ छक्काको मद्दतमा १ सय १० रनको शतकीय इनिङ खेले ।

यस्तै, मुन्ताज अलीले ४२ र सुरज यादवले २० रनको योगदान गरे । बलिङमा पाल्पाका विष्णु न्यौपानेले ४, उपसन पाण्डेले ३ तथा हिमाल कंडेलले २ विकेट लिए ।

प्रतिउत्तरमा पाल्पा १० ओभरमा सबै विकेट गुमाएर जम्मा ४५ रनमै समेटियो । उसका लागि कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । उपसन विक्रम जिसीले सर्वाधिक ८ रन बनाउँदा ५ खेलाडी शुन्य रनमै पेभेलियन फर्किए । बलिङमा कपिलवस्तुका मलिक गद्दीले ४ ओभरमा १४ रन खर्चेर ५ विकेट हात पारे ।

यस्तै, सुरज यादवले ३ तथा कमरान अहमद र रौनक श्रीवास्तवले समान १–१ विकेट लिए । खेलमा कपिलवस्तुका रौनम श्रीवास्तव प्लेयर अफ द म्याच घोषित भएको प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले बताउनुभयो ।

लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजना र रुपन्देही क्रिकेट सङ्घको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् ।

जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानामा सञ्चालन भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार