कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सुर्य भगवानलाई दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको दैनिकफल

कर्कटलाई आज पैतृक सम्पत्तिको आडमा गरेको लगानीबाट फाइदा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो रहेको छ। राजनीतिक क्षेत्रमा इज्जत राख्नका लागि सम्पत्ति खर्च गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : धन खर्च भए पनि उचित ठाउँमा भएको लगानी उठ्नेछ। धार्मिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। विपक्षी साथीबाट तपाईंको प्रशंसा हुनेछ। स्वादेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : मन प्रशन्न रहनेछ। पद र प्रतिष्ठाका लागि तपाईंले गरेको खर्चको सदुपयोग हुनेछ। नेतृत्वलाई हातमा लिएर काम गर्न सकिनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

कर्कट : तपाईंको बोलीले साथी टाढा हुनेछन्। पैतृक सम्पत्तिको आडमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको मूल्यांकन हुनेछ। उत्तरको लामो एकल यात्रा नगर्नु उचित हुनेछ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। शनिको प्रभाव कम गर्न दान गरेर दिनको सुरुवात गर्नुपर्नेछ।

कन्या : दिन सामान्य छ। तपाईंमाथि पारिवारिक बोझ थपिनेछ। स्वास्थ्यमा सुधार हुनेछ। मनमा शान्ति मिल्नेछ। आफन्त असन्तुष्ट हुने जोखिम छ। राज्यको तर्फबाट भय र त्रास बढ्नेछ।

तुला : दिन राम्रो छ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। सन्तान सुख मिल्नेछ। ठुलो काममा हात हाल्न हिम्मत गर्नुपर्नेछ। धार्मिक क्षेत्रमा आस्था बढ्नेछ।

वृश्चिक : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा लगानीका लागि हौसला बढ्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। राज्यको तर्फबाट सेवाका अवसर मिल्नेछ। गुरुको प्रश्नको भने सामना गर्नुपर्नेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। विपक्षीको आलोचनाको भने सामना गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : व्यवहारिक चुनौतीको सामना गर्नुपर्ने दिन छ। शिक्षा क्षेत्रको अल्पज्ञानले समस्या बढ्नेछ। विपक्षी साथीले साथ दिनेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा गरेको अध्ययनको मूल्यांकन हुनेछ। स्वास्थ्यमा समस्या हुनेछ। खानपानमा विशेष ध्यान दिनुपर्ने समय छ। शनिदेव गलत ठाउँमा भए ठुलो क्षति हुने जोखिम रहेको छ।

मीन : आज बलले भन्दा बुद्धिले काम गर्नुपर्ने दिन छ। चुनौतीको बोझ बढ्नेछ। सहकर्मीसँग सल्लाह गरेर सुरुवात गरेको कामले फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर सुरु गरेको काममा सफलता मिल्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार