असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने क्यामेरापर्सन पक्राउ, अरुलाई खोज्दै प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मङ्गलबार दिउँसोदेखि युट्युबमा सार्वजनिक भएको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्यको समाचार सामाजिक सञ्जालमा भाइरल भयो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तत्कालै गलत भएको भन्दै प्रहरीसमक्ष उजुरीसमेत गरे । प्रहरीले तत्कालै सक्रियता देखायो । अपराध महाशाखा काठमाडौँको टोलीले सो गीतको छायाङ्कन गर्ने क्यामेरापर्सनलाई पक्राउ गर्यो ।

नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखा, काठमाडौँका एसएसपी दीपक थापाले गीतको छायाङ्कन गर्ने एक जनालाई पक्राउ गरेको जानकारी दिनुभयो । उहाँले प्रहरीको टोली राष्ट्रिय झण्डा जलाउने व्यक्तिहरूको खोजीमा परिचालन भइसकेको थापाले बताउनुभयो । सो गीतको रेकर्डिङमा पाँच सात जनाको समूह रहेकाले प्रहरीले उनीहरूको खोजीमा सक्रिय बनेर लागेको थापाले बताउनुभयो । पक्राउ परेका व्यक्तिको बारेमा थप केही खुलाइएको छैन ।

प्रहरीले भिडियोमा देखिएका थप व्यक्तिहरूलाई नियन्त्रणमा लिएर मुद्दा चलाउने एसएसपी थापाले बताउनुभयो । मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे तीन वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।

मङ्गोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार