असार २८, २०८२ शनिबार July 12, 2025

बीस प्रतिशत शय्या नछुट्याउने निजी अस्पतालको पीसीआर अनुमति खारेज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले कोभिड–१९ का बिरामीलाई उपचार नगर्ने निजी वा शिक्षण अस्पताललाई कारबाही गर्ने जनाएको छ । कोभिड–१९ सङ्क्रमित बिरामीको अस्पताल चहार्दै मृत्यु हुने अवस्था निम्तिएपछि मन्त्रालयले यसप्रकारको व्यवस्था गर्न लागेको हो । मन्त्रालयले यसअघि मेडिकल कलेज र प्रतिष्ठानलाई कम्तीमा एक तिहाइ शय्या कोभिड–१९ सङ्क्रमितको उपचारको लागि छुट्याउन निर्देशन दिएको थियो । उक्त निर्देशनको पालना नभएको गुनासो बढेको छ ।

विराटनगर, प्रदेश २ को वीरगञ्ज र जनकपुरधामसहित देशका अन्य भागमा समेत निजी अस्पतालले कोरोनाभाइरस सङ्क्रमित बिरामीको उपचार गर्न अस्वीकार गर्दैआएको छ । सङ्क्रमित वृद्धि हुँदा सरकारी अस्पतालको क्षमताले धान्ने अवस्था देखिन्न । यस्तो परिस्थितिमा उपचार नै नपाई बिरामीको मृत्यु भएपछि मन्त्रालयले निजी अस्पताल र प्रतिष्ठान वा मेडिकल कलेजलाई कारबाही गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोभिड–१९ बिरामीका लागि २० प्रतिशत शय्या उपलब्ध नगराउने निजी अस्पतालाई पीसीआर परीक्षण गर्न दिइएको अनुमति खारेज गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । कोभिड–१९ बिरामीको उपचारका लागि एक तिहाइ शय्या व्यवस्थापन गर्ने मेडिकल कलेजलाई भने पीसीआर परीक्षणको अनुमति दिने मन्त्रालयले व्यवस्था गरेको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा १९ वटा मेडिकल कलेज सञ्चालनमा छन् । जसमध्ये चारवटा सार्वजनिक र १४ वटा निजी तथा एउटा नेपाली सेनाले सञ्चालन गरेको छ । प्रत्येक मेडिकल कलेजको छुट्टाछुट्टै क्षमता रहेको छ । मेडिकल कलेजको अस्पतालमा कम्तीमा दुई सयदेखि पाँच सय बिरामीसम्म अटाउन सक्ने क्षमता रहेको छ । मन्त्रालयले प्रत्येक शिक्षण अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ बिरामीका लागि छुट्याउन गत साता निर्देशन दिएको थियो ।

मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ले निजी अस्पताल वा शिक्षण अस्पताललाई कारबाही गर्ने निर्णय गरेको प्रवक्ता डा। जागेश्वर गौतमले बताउनुभयो । उहाँले अबको एकदेखि दुई वर्षसम्म कोभिड–१९ को प्रकोप रहिरहने देखिएकोले कोरोना सङ्क्रमित बिरामीको उपचार नै नगर्ने सोच बनाएको निजी अस्पताललाई सुध्रिन आग्रह गर्नुभयो ।

“अस्पतालमै जँचाउन आउने बिरामीमा शल्यक्रियापछि कोभिड–१९ को सङ्क्रमण देखिन सक्छ, त्यस्तो अवस्थामा उपचार गर्दिनँ भन्न नपाइने भएकोले यस प्रकारको निर्देशन दिइएको छ ।” प्रवक्ता डा। गौतमले भन्नुभयो । हाल कोरोनाभाइरसका सङ्क्रमित बढी भएको शहरका प्रदेश र सङ्घमातहतका अस्पतालमा थप हुन आउने सङ्क्रमितको उपचारमा समस्या देखिन थालेको छ ।

प्रदेश १ को विराटनगर र प्रदेश २ को जनकपुरधाम तथा पर्सास्थित नारायणी अस्पतालमा कोभिड–१९ बिरामीको चाप बढेको छ । सरकारी अतिरिक्त कोभिड–१९ कै लागि बनाइएको हब अस्पतालमा समेत बिरामीको चाप बढ्दो छ ।

मन्त्रालयले निजी अस्पताललाई आकस्मिक अवस्थाका लागि पूर्वतयारी गर्न निर्देशन दिएको डा। गौतमको भनाइ छ । पहिलेदेखि नै ब्लक छुट्याएर, दक्ष कर्मचारी व्यवस्थापन र उपकरण जडान गरी राख्न निर्देशन दिइएको मन्त्रालयले जनाएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार