बैसाख २६, २०८३ शनिबार May 9, 2026

डडेलधुरामा पनि गौरा र तीज समूहमा मनाउन रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा तथा हिन्दू महिलाको महान् पर्व हरितालिका सार्वजनिक रुपमा मनाउन रोक लगाइएको छ । कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि भीडभाड नहुने गरी चाडपर्व मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको हो ।

नित्य र घरायसी पूजाबाहेक सामूहिक रूपमा गौरा र तीज जस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिक रूपमा चाडपर्व मनाउन रोक लगाइएको हो । तीज यही भदौ ५ गौरा भदौ १० गते परेका छन् । प्रशासनले सवारी पास वितरण यसअघि नै बन्द गरिसकेको छ । प्रशासनले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास साउन २९ देखि बन्द गरेको थियो ।

निर्णयको उल्लङ्घन हुने क्रियाकलाप कसैबाट भए गरेमा सङ्क्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानूनबमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३०६ पुगेको छ । तीमध्ये ३०२ सङ्क्रमित डिस्चार्ज भएका छन् ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या चार छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा दुई र नवदुर्गा गाउँपालिकामा दुई सक्रिय संक्रमित छन् । उनीहरुको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार