असार २०, २०८२ शुक्रबार July 4, 2025

ह्वाइट हाउसले इरानलाई ‘स्वीकार्य’ आणविक सम्झौताको प्रस्ताव पठाएको छ :अमेरिकी मिडिया

इरानलाई युरेनियमको सबै संवर्धन रोक्न आह्वान गर्ने र आणविक ऊर्जा उत्पादन गर्न क्षेत्रीय समूह बनाउने प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, १८ जेठ (रासस/एएफपी) : संयुक्त राज्य अमेरिकाले इरानलाई आणविक सम्झौताको एक प्रस्ताव पठाएको छ । उक्त प्रस्तावलाई ह्वाइट हाउसले ‘स्वीकार्य’ र स्वीकार गर्नु इरानको ‘सर्वोत्तम हित’ मा रहेको बताएको अमेरिकी मिडियाले शनिबार रिपोर्ट गरेको छ ।

यो प्रस्ताव संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले इरानले उच्च संवर्धित युरेनियमको उत्पादन बढाएको भनेको केही समयपछि आएको हो ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले शनिबार तेहरानको भ्रमणका क्रममा उहाँका ओमानी समकक्षीले उहाँलाई ‘अमेरिकी प्रस्तावका तत्वहरू’ प्रस्तुत गर्नुभएको बताउनुभयो ।

“विशेष दूत विटकफले इरानी शासनलाई विस्तृत र स्वीकार्य प्रस्ताव पठाउनुभएको छ र यसलाई स्वीकार गर्नु उनीहरूको सर्वोत्तम हितमा छ”, ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले न्युयोर्क टाइम्सलाई बताउनुभयो ।

कूटनीतिक आदानप्रदानसँग परिचित अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सका अनुसार यो प्रस्तावलाई पूर्ण मस्यौदाको सट्टा बुलेट विन्दुहरूको शृङ्खलाका रूपमा वर्णन गरिएको छ ।

यसले इरानलाई युरेनियमको सबै संवर्धन रोक्न आह्वान गर्दछ र आणविक ऊर्जा उत्पादन गर्न क्षेत्रीय समूह बनाउने प्रस्ताव गर्दछ, जसमा इरान, साउदी अरेबिया र अन्य अरब राज्यहरू साथै संयुक्त राज्य अमेरिका समावेश हुनेछन् ।

सन् २०१८ मा आफ्नो पहिलो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यागेको प्रमुख शक्तिहरूसँगको सम्झौता प्रतिस्थापन गर्न नयाँ सम्झौताको खोजीमा इरानले अमेरिकासँग पाँच चरणको वार्ता गरेको छ ।

अराघचीले शनिबार इरानले आणविक हतियारहरूलाई ‘अस्वीकार्य’ ठानेको बताउनुभएको थियो ।

ट्रम्पले इरानसँग ‘आणविक हतियार हुन सक्दैन’ भन्दै चाँडै सम्झौता गर्ने आशा व्यक्त गरेको एक दिनपछि उहाँको यस्तो टिप्पणी आएको हो ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को पछिल्लो रिपोर्टअनुसार इरानले आफ्नो युरेनियमको भण्डार तीव्र रूपमा बढाएर ६० प्रतिशतसम्म पु¥याएको छ । यो आणविक हतियारका लागि आवश्यक लगभग ९० प्रतिशतको नजिक छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार