असार २०, २०८२ शुक्रबार July 4, 2025

पाकिस्तान र इरानबाट पाँच लाख अफगान शरणार्थी स्वदेश फर्किए

पछिल्लो एक वर्षमा मात्रै पाकिस्तान र इरानबाट २० लाखभन्दा बढी अफगान नागरिक स्वदेश फर्किएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  पाकिस्तान र इरानबाट पछिल्ला दुई महिनामा करिब पाँच लाख अफगान शरणार्थीहरू अफगानिस्तान फर्किएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त कार्यालय (यूएनएचसीआर) ले जनाएको छ ।

एप्रिल र मे महिनामा यति ठूलो सङ्ख्यामा नागरिक स्वदेश फर्किएको हो । आइतबार एक विज्ञप्ति जारी गर्दै यूएनएचसीआर ले भन्यो,“फर्किएकाहरू अनिश्चित भविष्य र कठिन परिस्थितिसँग जुझिरहेका छन्, त्यसैले उनीहरूलाई सहयोग आजको दिनमा अझ बढी आवश्यक छ ।”

पछिल्लो एक वर्षमा मात्रै पाकिस्तान र इरानबाट २० लाखभन्दा बढी अफगान नागरिक स्वदेश फर्किएको तथ्याङ्कमा देखिन्छ ।

पाकिस्तान सरकारले सन् २०२५ भित्र आफ्नो देशमा रहेका ३० लाख अफगान नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने योजना अघि सारेको छ । त्यस्तै, इरानी अधिकारीहरूले कानुनी कागजातविना बसोबास गरिरहेका विदेशीहरूलाई स्वदेश फर्कन आग्रह गरेका छन् ।

यसैबीच, अफगानिस्तानको अन्तरिम सरकारले पनि पटक–पटक विदेशमा शरणार्थीको रूपमा बसिरहेका अफगानहरूलाई स्वदेश फर्कन र युद्धपीडित देशको पुनर्निर्माणमा सहभागी हुन आह्वान गर्दै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार