असार २१, २०८२ शनिबार July 5, 2025

आईसीसी क्रिकेट विश्वकप लिग २ः चौथो श्रृंखलाका खेलहरू खेल्दै

नेपालले घरेलु टिम स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग दुई–दुई खेल खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो श्रृंखलाका खेलहरू खेल्दैछ ।

नेपालले आजदेखि स्कटल्यान्डमा सुरु हुने यस शृंखलामा घरेलु टिम स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग दुई–दुई खेल खेल्नेछ ।

नेपाल र स्कटल्यान्डबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यसअघि लिग २ अन्तर्गत १२ खेलमा ६ अंक मात्रै जोडेको नेपाल हाल ८ टोली सहभागी लिगको अंक तालिकाको पुछारमा छ ।

यस शृंखला नेपालका लागि अवे मैदानमा अंक बटुलेर तालिकामा सुधार ल्याउने महत्वपूर्ण अवसर छ ।

पहिलो शृंखलामा घरेलु मैदानमा नेपालले नेदरल्यान्ड्ससँग १ जित हात पारेको थियो भने नामिबियासँग दुवै खेलमा पराजित भएको थियो ।

सेप्टेम्बरमा क्यानडामा भएको दोस्रो शृंखलामा ओमान र क्यानडासँग भएका खेलमा नेपालले कुनै जित निकाल्न सकेन ।

अमेरिकामा भएको तेस्रो शृंखलामा नेपालले स्कटल्यान्डलाई एक खेलमा हराएको थियो भने अमेरिकासँग दुवै खेलमा हार व्यहोरेको थियो । स्कटल्यान्डसँगको अर्को खेल भने वर्षाका कारण हुन सकेन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार